टुकी बाल्न कसलाई गुहार्ने - Sajha Mobile
SAJHA MOBILE
टुकी बाल्न कसलाई गुहार्ने
Posts 1 · Viewed 5023 · Go to Last Post
Smriti-malla
· Snapshot 0
Like · Likedby · 0
आँखाभरिका सपना अनि रित्ता रित्ता हातहरु
केही गर्छु भन्ने आँट तर कम्जोर छन् आडहरु
हिजो ठूली दिदी, आज माईलादाइ अनि भोलि मेरै पालो
एक एक गरि सबै टुकी बाल्ने हाँतहरु हराए, देख्छु देशको भोलि कालो ।

मन खाली खाली अनि अनेक रहरले भरिएको झोला साथमा
बाआमाको शिरमा लागेको ऋण अनि अनेक जिम्मेवारी काँधमा
रहर त कहाँ थियो र मलाई पनि न्यानो जन्मभूमि छाड्ने
मन थियो यहीं माटो पसिनाले सिचाइ यहीं दुःख सुख बढ्ने ।

म झैँ लाखौँ निराश मनहरु बाध्य छन् यहाँ झोला कस्न
आफ्नो हितेशी भूमि छोडी त्यो अन्जान भुमरीमा फस्न
लाखौँको ऋण कर्जा बोकी लागएका ती काका परदेश तिर
भरभराउँदो जोवन त्यो फाटेको चोलीमा छोप्दै लग्छिन् काकी खेततिर ।

त्यो साने जसले बाको अर्थ पनि नबुझ्दै पराई भयो बाको छायाँ
अनि बुढ्यौलीमा कम्जोर शरिर लिइ फर्किएका ती बुढा बाको के लाग्थ्यो र उसलाई माया
ती काकीकै अघि गिद्धहरु कहिले लोभ त कहिले डर देखाउदै आएँ
विचारी ती एक्ली काकी हरबार लडिन सबैसित खै तिनका आन्जुलीले अन्तिममा के पाएँ ।

त्यहीं काकी स्वरूप हाम्रो नेपाल आमा दिनदिनै एक्लिएकी छिन्
आफ्नो छातीमा हुर्काएका सक्षम सन्तानले आफूलाई थुक्राई निराश छिन्
आज हर एक २० कत्येको युवाको मन अन्योल छ
विदेश जान कसिँनेकी यहिँ संघर्ष गर्ने भाछ ।

न त रोजगार न त गरी देखाउने ठाउँ नै छ
सहरमा अटिनअटि ठेलम ठेल अनि बाझो गाउँको खेत नै छ
चारैतिर बाट ऊर्जाशील जनशक्ति दिनै पिच्छे छोड्दै छन् भूमि
उज्यालो र चम्किलो पर्दैछन् पराई भूमी आफै आग्नीमा होमी ।

आज निकै डर लग्दैछ त्यो कहाली लाग्दो देशको आध्यारो भविष्यको कल्पना गर्दा ॥
पराई भै परदेश धकेलिए सबै अब टुकी बल्न कसलाई गुहार्ने भोलि देशलाई पर्दा

Ina basnet
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 182
· Posts 19 · Viewed 7056 · Likes 2
· Posts 1 · Viewed 214
· Posts 1 · Viewed 218
· Posts 1 · Viewed 300
· Posts 1 · Viewed 302
· Posts 1 · Viewed 366
· Posts 2 · Viewed 526
· Posts 1 · Viewed 383
· Posts 2 · Viewed 772



Travel Partners
Travel House Nepal