huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 छाउगोठमा ७० प्रतिशत महिला मन्त्रिमण्डल बैठक ‘पेपरफ्री’
[VIEWED 6039 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-18 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कर्णालीका ७० प्रतिशत महिला अहिले पनि छाउगोठमा बस्न बाध्य भएको समाचार आएकै दिन कर्णाली प्रदेशको मन्त्रिमण्डलको बैठक ‘पेपरफ्री’ भएको समाचार पत्रपत्रिकामा आयो । एकै प्रदेशका एकै दिन प्रकाशित यी दुई समाचारले शासक वर्गको चाहना र जनताको अपेक्षा वा अवस्थाबीचको फराकिलो दुरीलाई प्रतिबिम्बित गरेको छ । जनताको आवश्यकता एक थरी र शासकहरूको मनसाय अर्को थरी रहेको आजको वास्तविकता बुझाउन योभन्दा राम्रो उदाहरण के हुनसक्छ र ?

कर्णाली प्रदेशको नाम बरोबर छाउगोठ र छाउगोठमा मारिने महिला र युवतीका कारण आउने गरेको छ । रजस्वला महिलाको स्वाभाविक स्वस्थ शारीरिक प्रक्रिया हो भन्ने वैज्ञानिक सत्य कर्णालीका गाउँ–ठाउँमा अझै पुग्न सकेको छैन । कतिपय पढेलेखे मानिससमेत रजस्वला हुँदा महिलाले अलग बस्नुपर्छ, गोठमा सुत्नुपर्छ नत्र देवता रिसाउँछन् भन्ने अन्धविश्वास पालेर बसेका छन् । विद्यालयमा शिक्षक र विद्यार्थी दुवै यही अन्धविश्वास अझसम्म पालेर बसेका छन् । छाउप्रथाकै कारण वर्षमा कैयौं युवतीको अनाहकमा ज्यान गइरहेको छ ।

सरकार यससम्बन्धी सबै काम गैरसरकारी संस्थाको जिम्मा लगाएर बसेको छ । सरकारका पदाधिकारीको काम गैससले ल्याएका कार्यक्रम उद्घाटन गर्नेमा सीमित छ । सरकार आफैंले छाउजस्ता कुरीति अन्त्य गर्न कुनै उपलब्धिमूलक कार्यक्रम अघि ल्याउन सकेको छैन । छाउगोठमा सुत्नुपर्दा ज्यान गुमाएका छोरी चेलीको निधनको निम्ति सरकारका पदाधिकारीहरू नैतिक दोषी हुन् ।

विडम्बना कर्णाली प्रदेशको यो समस्या समाधानमा कुनै प्रभावकारी कार्यक्रम घोषणा गर्नुको सट्टा कर्णाली प्रदेशका पदाधिकारीले ल्यापटप टेबुलमाथि राखेर बैठक बस्ने सौख पूरा गर्न लागेका छन् । सरकारी कार्यालय जाने हो भने अझै पनि अभिलेख राख्ने प्रणाली आजभन्दा आधा शताब्दीअघिको जस्तो छ । तर मन्त्रीहरूको ध्यान ल्यापटप अघि राखेर बैठक बस्नेतिर जानुले उनीहरूले जनताको समस्या नबुझेको प्रस्ट छ । उनीहरू पनि अञ्चलाधीश र बडाहाकिमजस्ता शासक बन्न खोजिरहेका छन् ।

पदलाई सौख पूरा गर्ने र व्यक्तिगत लाभ प्राप्त गर्ने अवसरको रुपमा लिंदा आज यस्ता निर्णय हुँदैछन् । आधुनिक प्रविधिको प्रयोग गर्नु नकारात्मक कुरा पक्कै होइन । तर जनताको मूल समस्या समाधानसँग कुनै पनि सम्बन्ध नभएको प्रविधि सौख र सस्तो लोकप्रियताको लागि मात्र प्रयोग गर्छ भने त्यो नकारात्मक पक्ष नै हो । छाउप्रथाजस्तो समाजको कलड्ढलाई अझै उन्मूलन गर्न सरकार अक्षम हुनु तर त्यही सरकारका पदाधिकारी ल्यापटपमा बैठक बस्ने सौख पाल्नु ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानजस्तै भएको छ ।

कर्णाली नेपालका सात प्रदेशमध्ये सबैभन्दा मानव विकास सूचकाड्ढमा पछाडि परेका प्रदेश हो । कर्णाली प्रदेश सबै प्रदेशमध्ये सबैभन्दा बढी चुनौती र सम्भावना भएको प्रदेश हो । त्यसकारण अरु प्रदेशको तुलनामा त्यहाँका सरकारी पदाधिकारी अझ बढी जनताको सेवामा तल्लीन हुनुपर्ने हो । तर त्यसो भइरहेको छैन । यसअघि पनि कर्णाली प्रदेशका मुख्यमन्त्रीको स्वागतमा रातो कपडा बिछ्याएको, होटलमा समेत प्रहरीको सलामी लिएको जस्ता समाचार प्रकाशित भएका थिए । त्यस्ता समाचारले कर्णाली प्रदेशका पदाधिकारीले जनताको आवश्यकतालाई भन्दा आफ्नो स्वार्थ र सौखलाई प्राथमिकता दिइरहेको स्पष्ट छ ।

कर्णालीका जनताको आवश्यकता आज पेपरफ्री मन्त्रिमण्डल बैठक होइन, छाउगोठबाट मुक्ति हो । शिक्षामा सहज पहँुच हो । स्वास्थ्य सेवाको सहज पहुँच हो । मन्त्रीको टेबुलमा ल्यापटप हुँदैमा प्रदेशका जनताको जीवनस्तरमा परिवर्तन आउने होइन ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters