[VIEWED 36748
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मन" हुनु त जगिया को जस्तो!
नाम जगिया, बर्ष ३२-३३ । श्याम बर्ण । नेपाली मुश्किल ले बोल्थ्यो। जगिया पहिलो ब्यक्ती थियो मैले आफु पोस्टिङ भएको कार्यालय को गेट मै भेटेको। रिक्साबाट् ओर्लिंदै थिएं, उ हतारिंदै मेरो ब्याग उठाउन आए, सलाम् साहेब भन्दै। पक्का चौकिदार् हुनु पर्छ, मेरो मनको ठ्म्याइ, सहि निस्कियो।
"नाम के हो?" "जगिया।"
"जगिया मात्र?" "हाँ, साहेब, जगिया।" उसले मेरो सामान बोक्दै अर्को इन्जिनियरको क्वाटरमा भित्र लगे। इन्जियर साहेब संग औपचारिक परिचय गरें। शायद इन्जिनियर साहेबले पहिले नै उसलाइ सूचना दिएको हुनु पर्छ र रिक्सा बाट ओर्लिने बित्तिकै थाहा पाइहाले। सरकारी जागिरको पहिलो पोस्टिङ तौलिहवा, जिल्ला कपिलवस्तु। इलाहाबाद पढ्दा धेरै चोटी भैरहवा बिश्राम् गरेको र त्यहि बाटो हुंदै नौतनवा, गोरखपुर् -इलाहाबाद गएकोले कपिलवस्तु पनि उस्तै होला भन्ने सोचेर गयेको थिएं। भैरहवा सम्म त पीच बाटो खासै समस्या परेन। तर त्यहाबाट ६६ किमी बाटो धुलाम्य, र नेपालको भूगोल जस्तो बाटो। ३ घण्टा पत्यार् लाग्दो यात्रा। तौलिहवा, पहिलो द्रिष्टि मै उराठ लाग्दो लाग्यो। हिन्दुस्तानको कुनै देहात जस्तो लाग्ने, चारै तर्फ मश्जिद मात्र। गौतम बुद्धको कर्मथलोमा बुद्ध धर्म को नामो निशान थिएन्। राजा सुद्धोधनको दरबार अबशेष र केही अशोक सतम्भ बाहेक बुद्ध धर्म को प्रतिनिधित्व गर्ने केही थिएन।
जगिया, हाम्रो अफिसको चौकिदार। श्रीमती र सानो बच्चा सहित गेट निरकै सानो कोठामा बस्थ्यो। बिहान कार्यालय खोल्ने, सफा गर्ने लगायत सबै उसैले गर्थ्यो। क्वाटर् र अफिस एउटै कम्पाउण्ड भित्र थियो। छुट्टा छुट्टै क्वार्टर, गेस्टहाउस्, अनि स्टोर रुम।
कुनै पनि बेला जगिया, हे जगिया भन्ने बित्तिकै जि साहेब भनेर उपस्थित हुन्थे। बजार जाने देखि अखबार लिन जाने आदि इत्यादि जे काम पनि तुरन्तै गर्थे। यसमानेमा हाकिम र अरु दर्जाका स्टाफ सबैमा जगिया प्रति राम्रो धराणा थियो। अफिस को एकापट्टी पोखरी, अर्को पट्टी जंगल र अर्को पट्टी खेत भएकोले सर्प, गोमन अनि करेटको त उर्बरभूमि नै थियो। काठमाडौंको घरघरमा आ।ुने सानो सर्प RAT SNAKE देखि त त्राहिमाम त्राहिमाम् हुने मान्छेलाई सर्प गोमनको वस्तिमा हुल्दिंदा सातो जानु स्वाभाबिक थियो। तर के गर्नु, जागिर खाए पछि डरलाई नि आफ्नो घर बनाउनु पर्दो रहेछ।
म त्यता हाजिर भएको लगत्तै अर्को इन्जिनियर साहेब सरुवा लिएर नवलपरासि जानु भयो, मानौं यो उदेक लागो भूमिबाट मुक्ति पर्खेर बसेको। हाकिम हुनुहुन्थ्यो, तानसेन घर भएका भलादमि। हरेक छुट्टीमा घर जानु हुन्थ्यो र कहिं जानु छ भने निमित्त हाकिम दिएर जानु हुन्थ्यो।
एक दिन हाकिम घर गाको बेला, साँझ ८ बजे तिर, जगिया, साहेब साहेब भन्दै आए, मेरो क्वार्टरमा। निकै आत्तिएको देखिन्थे।
मैले किन, किन आत्तिएको भनेर सोधें। अबधि भाषा मात्र बोल्ने तर नेपाली मिसाउदै बच्चा बिरामी भएको र होस् नै नभएको बताए। मलाई अबधि भाषा आउदैनथ्यो, हिन्दी मा भनें। " चलो अस्पताल् ले चलते है।" जिल्ल अस्पताल ३-४ मिनेट को पैदल दूरी मै थियो। जगियाले बच्चा बोके र हामी दुबै जना रफ्तारमा अस्पताल पुग्यौं। डाक्टर् यादबले प्रारम्भिक जाँच गर्नु भयो। झाडापखालाले डिहाइड्रेसन् भएको होला भन्दै सलाइन पानी दिने कुरा गरे र दिए पनि। डाक्टर संग बिस्तारमा कुरा गरें। यता तिर झाडापखाला नर्मल रे।
एउटा सलाइन पानी चढाइ सक्दा नि बच्चाको स्थितिमा सुधार भएन। जगिया, त्यसै त आत्तिसकेको, बच्चा निलो हुंदै गए पछि झन आत्तिए। रुन थाले, जगिया। डाक्टर यादब पुन: आए र तत्काल बुट्वल वा भैरहवा लैजाने सल्लाह् दिए। रातको साढे ११ बजिसकेको थियो। एम्बुलेन्सको ब्यबस्था त्यो पनि रातको समयमा लगभग असंभव थियो नै।
अफिसको गाडी थियो तर ड्राइभर साहेब भने साँझ ८ बज्यो कि १ पाउच श्री मा झमझमाइ सकेको हुने। मलाई ड्राइभिङ आउदैनथ्यो। "जगिया, गाडी चलाना आता है?" "हाँ साहेब।" "लाइसनवा नही साहेब।" लाइसेन्स् साइसेन्सको बात छैन, साँचो मेरो क्वार्टरको ढोकै मा छ, गाडी लिएर आउ , म बच्चा लाई हेर बिचार गरेर बस्छु भने। उ एकै छिन मै गाडि लिएर आइहाले साथमा लज्जो अर्थात उनकी श्रीमती पनि, साडिले टाउको छोप्दै।
जगिया ले गाडी हाँके, खाल्डाखुल्डी छिचोल्दै निमेषमै भैरहवा पुर्याए। अस्पतालमा बाल रोग बिशेषज्ञ पनि रहेछ। डाक्टर् कर्माचार्य, काठमाडौ घर भएको नेवार। मैले नेवारी मै डाक्टर साहेब संग कुरा गरें। केही आत्तिनु पर्दैन, समय मै हस्पिटल ल्याउनु भयो, भन्नु भयो। त्यहि कुरा जगिया लाइ भने। तर पनि उनको अनुहारमा चिन्ताका रेखाहरु ज्यूंकात्यूँ नै थियो। "बच्चालाइ केही हुदैन भोलि बिहान सम्म मा ठिक हुन्छ।" डाक्टर् साहेब ले अबधि मै भन्नु भयो।
सायद त्यो अघिको सलाइन पानी मै मिसावट थियो। डिहाइड्रेसन नै भएको रहेछ। सलाइन पानी फेरि दिइयो। बच्चा स्वास्थमा क्रमिक सुधार हुंदै आयो। रातको ३ बजे डाक्टर साहेबले उनकै को क्वार्टरमा एक निद सुत्न अनुमति दिनु भयो र भोको पेटमा अलिकति अन्न। म धन्न भए।
क्रमश:
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-08-08 4:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा पढियो - राम्रो सुरुवात छ ठुल्दै
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-08-08 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथा पढियो - राम्रो सुरुवात छ ठुल्दै
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 07-08-08 4:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भिन्न पारीवेसको कथा सुरु भएछ। सुरुवात बाटै कथा मार्मिक होला झै छ। नपुगेको तराइको यो बस्ती को चित्र पनि बन्दै गएको छ। कथा संगै बस्ती को तस्बिर अझ स्पठ हुँदै जानेछ भन्ने विश्वाश छ।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-08-08 4:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
arko pani birami bhaeykai katha hopefully yo katha samjhana didi ko jasto tragic chaina hola ni.
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 07-08-08 5:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai ko katha always daami
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-08-08 5:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai ko katha always daami jasto chha hai
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-08-08 5:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाको राम्रो सुरुवात छ राहुलदाई, मलाई यो तराईको परिवेश भएको कथा निकै राम्रो लाग्छ। सर्पको त कुरै नगर्नुस् दाई, करेत र गोमन संग आँख मिचोली खेल्दै तराई बस्नुको मज्जा अरु कहाँ होला र?
सम्झना दिदीको कथा त बिचैबाट पढ्न छोडियो क्यारे! होपफुल्ली यो कथा सम्झना दिदीको जस्तो ट्राजिक छैन होला नि!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-08-08 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अर्को दर्दनाक कथा चै न होश है दाई, भन्देको छु मैले, कुरो के भनेनी साप भनेसी मलाईनी खुब डर लाग्छ, बाघ्को डर लाग्दैन साप्को डर लाग्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-09-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे जी, कथा पढियो मात्र कि ? बुझियो पनि ?
हुन त कथा को मुख्य अंश अझै सुरु भएको छैन। आज भोली नै यसले एउटा स्पष्ट आकार लिने छ।
चेली जी,
कथा पढियो मात्र कि ?
बुझियो पनि ? हुन त कथा को मुख्य अंश अझै सुरु भएको छैन। आज भोली नै यसले एउटा स्पष्ट आकार लिने छ।
सुर न ताल जी,
मैले देखेको भोगेको तराइ भनेको कपिलवस्तु मात्र हो। तिनै परीबेशमा भेटेको पात्र हुन जगिया। तिनको कथा लेख्ने नि हुनु पर्यो नि कसो?
प्रेरणा जी, यो कथा बिरामी-अस्पताल- ओखती - मृत्यु को कथा होइन। जीवन कथा हो। प्रतिक्षा गर्नु होस्।
पिया जी, कथा दामी थिए वा छ भन्ने कुरा त पढ्ने पाठकहरु नामी भए सि त्यसइ थाहा हुन्छ।
रिट्ठे जी?
दामी भन्ने शब्द प्रती आशंका कि , लेखक प्रती ?
कुम्ले जी,
हो भन्या, सर्प, गोमन त जता ततै देखिने भन्या। अफिस कै सानो पोखरी को डिलमा घाम ताप्ने आउने भन्या सर्पहरु। त्राहीमाम त्राहिमाम हुंदै तारेमाम तारेमाम जप्नु पर्ने। यो कथा ट्राजिक हुँदैन। मानबिय संबेदना र वात्सल्यता को कथा हो। गरीबको मन कती धनी हुन्छ भन्ने कथा हो।
हर्क बहादुर जी, कथा दर्दनाक छैन, मनको आकाश को सीमा हुंदैन। त्यती मात्र हो। अब कथा भने सि त अली दु:ख सुख दुबइ हुनु पर्यो नि त। अलिकती फाइट पनि हुन्छ कि? हेर्दाइ जाउं ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 07-09-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन हुनु त जगिया जस्तो(निमित्त )हाकिम हुनु त इन्जिनिएर साहेब जस्तोमम बनाउनु त फिलडेल्फियामा जस्तोजोडी हुनु त दाई भाउजु जस्तोलेखाइ हुनु त राहुलदाइको जस्तो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-09-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल जगिया नामक नयाँ किसिमको पात्रको कथा सुरु भएछ ठूल्दाई!
शुभकामना छ!
जगिया सरारारारारारारा :D
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-09-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ यो कथाको पनि सुरुवाद नै राम्रो लाग्यो। सर्प को कुरा पढ्दा चै कस्तो सिरिङ्ग भयो ठुल्दाइ।
म त जगियाको मन कस्तो रहेछ पढ्न बसे है। बस्दा बस्दै खुट्टा निदाउला र हजुरले सर्पको कुरा निकाल्दा भाग्न पनि नसक्ने होला भन्ने डर के मलाई चै
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 07-09-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दै को कथा बजारमा आएसकेछ। ल म पढ्न बसे। एकैछेन मा कमेन्ट गर्छु
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-09-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, कथा पढियो पनि बुझियो पनि। तर एउटा नबुझ्या कुरा नि, भैरहवाबाट तौलिहवा कुन बाटो जानु भो ६६ किमी हुनलाई? अनी कती साल तिरको कुरा हो यो? आफू जवान हुँदै एक चोटि लुम्बिनीसम्म त गएको हो। भैरहवादेखि बाटो त पक्की थियो तर बसहरु चाँही कुन बेला भाँच्चिएर टुक्रा टुक्रा होलान् जस्ता। बैंक रोड र भीम अस्पताल छेउ छाउका बाटा पनि धेरै चोटि हिडियो।
कथा अघि बढोस् न अरु।
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 07-09-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाको राम्रो सुरुवात छ ठुल्दै. एस पाली को कथाचै अर्कै रहेछ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-09-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हैन ठुल्दाइ, हिजो कथा मात्र देखेर च्याउन आ' थे अनी नपढिकन लेखेको थिए बेलुका पढे राम्रो लाग्यो ! जगिया को ट्र्याजिक कथा त होइन होला नि? सर्पको कुरा पढ्दा त उहिले एक पल्ट जुत्ता लगाउदा सक सक भएर खोलेर हेरेको त सर्पको बच्चा लुकेको कुरा याद आयो !
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-09-08 10:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल! रिट्ठे जुत्ता लगाउन सकसक हुँदा भित्र सर्पको बच्चा! हाहाहा
अनि सर्पलाई हातमा समातेर त्यसको माउलाई बुझाइदिएको हो?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 07-09-08 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भैरहहवाबाट तौलिहवा लग्भग ६६ किलोमिटर नै होला। भैरहवादेखी बुटवल २६ km, अनी फेरी बुटवलबाट पश्चिम नेपालगन्ज जाने बाटो (महेन्द्र राजमार्ग पस्चिम ) छिर्नु पर्यो लग भाग ३०km जती (चार नम्बर हो क्यारे त्यो ठाम को नाम) अनी फेरी त्यहा बाट देब्रेतर्फ कच्ची बाटो
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-09-08 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahul dai,
malai jagiyako man herna man lagyo. arko bhag ma dekhincha?
|
|