"हरे आज पनि सातै बजेछ, अध्यारै भैसकेछ"--थकित स्वोरमा आफैलाई समय को ज्ञान दिदै घरको ढोका खोले। झ्याल ढोका दिनभर बन्द भएर गुम्सियको घर, बत्ती बाल्दै भित्र छिरेँ र सिद्दै आफ्नु सुत्ने कोठातिर लागेँ। बिहान उठ्ने बित्तिकै काममा हिडेको ओछ्यान् पनि जस्ताको त्यस्तै दिक्क मान्दै पहिले ओछ्यान् नै मिलाएँ। "फेरि खाना बनायो, खायो, सुत्यो अनि बिहन त्यहि काममा दौड्यो, क्या गधा को जस्तो जिन्दगी बाँच्याछ" --आफै सँग गन्थन गर्न थालेँ सायद धेरैनै थाकेको भएर होला। पढाइ सिद्दिने बित्तिकै भनेको जस्तो काम पाएँ, काम ले गर्दा सर्नु पर्यो, आफ्नु मिल्ने साथिहरु आ-आफ्ना कर्मको खोजि मा निस्के, हत्तपत्त कोहि नचिनेको राख्न पनि मन लागेन त्यसैले आफु एक्लै बस्थे र बिस्तारै त्यो एक्लोपन नै प्रिय हुन थालिसक्याथ्यो। केहि खानु पर्यो भनेर फ्रीज खोलेको मात्रै के थिएँ, फोन आयो, आमा को रैछ नेपाल बाट। म अचम्म परेँ, त्यो समयमा त्यसरि आउदा डर पनि लाग्यो, मेरो पहिलो प्रश्न नै थ्यो--"घरमा सबैलाइ सन्चै छ?", आमाले सकुसल छौं भन्ने आश्वाशन दिनु भो अनि कुरा गर्ने क्रममा भनु भो--"छोरी सत्याल अन्कल र आन्टी आउन लाग्नु भएको छ अर्को हप्ता, तिमी कहाँ तिन दिन बस्नु हुन्छ", "को सत्याल अन्कल र आन्टी, हाम्रो छिमेकि?"--मैले कुरा बुझ्ने कोसिश गरेँ,
"हो हो उहाँहरुनै, छोराको ग्र्याजुएसन छ रे"--आमाले बुझाउनु भयो,
"अनि किन बस्ने त म कहाँ"--मुख बाट झर्को पन् चुइहाल्यो,
"मैले बस्नु भनेको भएर, उहाँहरुको छोरा तिमी भन्दा चार घन्टा टाढा बस्छ रे, मैले नै दुइ चार् दिन छोरीकाँ गएर बस्नु, उस्लाइ हामी गए जत्तिनै हुन्छ भनेकि भएर हो, त्यहि पनि मान्छे घरमा आएको त राम्रै हो नि छोरी"--आमाले मैले झर्को मानेको बुझेर मलाइ सम्झाउने प्रयाश गर्नु भयो। अतिथि सत्कार को पाठ पढाउने घरमा जन्मेर पनि आज कोहि आउने भन्दा यस्तो झर्को पन, आफै झस्केँ। आमा सँग उहाँहरु आउने समय लिएर कुरा टुङाए।
मनमा अनेकौ प्रस्नहरु खेल्न थाले। जहिले आफ्नु एक सुर गरिरा बानि, फेरि कसैलाइ दिने समय पनि थिएन आफु सँग, हप्ता को मध्यमा आउन लाग्नु भएको रहिछ, दिनभरि आफु काममा हुन्छु, बिहान निस्केपछि घर फर्किदा अँध्यारो नै हुन्छ। अब दिनभरि घरमा थुनिदा कति नरमाइलो लाग्ने होला, यस्तै कुराहरुको चिन्तन मनन गर्न थालेँ। "ओहो तन्ना र सिरक धरि धुनु पर्ने छ, क्लजेट मा राखेको धेरै भयो, काठको नै गन्द आइसक्यो होला"--चिन्ता थपिदै थ्यो,
"ह्या किन आउन लागेका होलान मै कहाँ, मैले राम्रो सँग चिनेको पनि छैन, हुन त बाबा आमाहरु सँग मिलेर बस्या हो क्या रे, आमाले नै भनेर आउन लागेका हुन्"--आफैसँग प्रस्न राख्दै फेरि थम्थमाउन थालेँ।
आउने दिन काममा पनि मन लागेन। एउटा नियमित जिन्दगि बिताइरहेको बानि, फेरि आफ्नै तालमा हिडिरहेको, के के कुराहरु सोध्ने होला, कति नाटिकुटि चाहिने होला, सबै कुराहरु सम्झेर टाउको त्यहि दुईटुक्रा पो हुने हो कि जस्तो भो। सन्चो नभएको बाहना बनाएर छिट्टै निस्के कामबाट। घर गएँ खाना पकाएँ, अलि अलि घर सफा गरेँ अनि लिन गएँ बिमान्स्थलमा। उहाँहरु भनेको समय मा नै आइपुग्नु भो र मलाइ देख्ने बित्तिकै एक प्रकार को हर्ष र आनन्दको मिश्रित अनुहार् लगाउदै भन्नु भो--"छोरी तिमी त समयमा नै आइपुगिछौ, हामीले त एक्छिन् कुर्नु पर्छ होला भन्ने सोचिरा", " होइन आन्टी म काम बाट छिट्टो नै निस्केकि थेँ आज" --आन्टी को अनुहारमा हेर्दै भनेँ।
घर पुग्यौँ, उहाँहरु थाकेर आउनु भएको थ्यो, मैले टेबलमा खानाहरु तयार बनाएर राखेकि थेँ, समयको अभाब ले गर्दा धेरै केहि थेन तर पनि दुबैले अचम्म मानेर भन्नु भो--" छोरी कति धेरै पकाएकि किन यती दु:ख गर्नु पर्थ्यो र?", "आन्टी आज मैले त्यस्तो धेरै केही बनाइन, हतार मा बनाएको कस्तो पो भयो"--खाना तिर् हेर्दै भने। उहाँहरुले खुब तारिफ गरेर खानु भयो, खाना को मिठास भन्दा पनि मेरो परिश्रमको ताली बजाउनु भयो। मनमनै सोचेँ आज सम्म कतिलाई घरमा ख्वाएँ होला, कती चोटि आफ्नु घरमा भेला हुँदा पकाएँहोला तर यती खुशीका साथ मेरो स्वागत कस्ले नै आप्नाएका थे होलान् र? खाउन्जेल हास्यो, भए नभएका कुरा गर्यो, जो अगाडि छैन त्यस्को खेदो खन्यो, अनी आ-आफ्ना घर तिर लाग्यो, यही नै थ्यो यहाँ को जिन्दगी। खानपान को काम सिद्दिएपछि आन्टी र अन्कललाइ मैले सुत्ने बस्दोबस्त गरिदिएँ र आफ्नु पनि बिहन छिटो उठ्नु पर्छ काम जान भनेर सुत्ने तर्खर्मा लागेँ।
भोली पल्ट बिहान सधैं झैँ कामा जाने तयारीमा कोठाबाट बाहिर निस्के, हेर्छु त आन्टीले पहिले नै चिया बनाएर मलाई कुरिरनु भएको रहिछ। "लौ आन्टी किन यती छिटो उठ्नु भएको, चिया बनाउनै पर्दैन थ्यो म काममा नै कफी पिउथे"--अचम्म मान्दै भने, "हैन छोरी हाम्रो छिटो नै उठ्ने बानि छ फेरी तिमी गैहाल्नु पर्छ भनेर पहिले चिया नै बनाएँ, अरु के खान्थ्यौ थाहा भएन" -- अनुहारमा केही दु:ख मनाउ नदेखाएर आन्टी ले भन्नु भयो। चिया मग मा खनाएर आन्टिलाई मिल्यो भने बेलुकी चाँडै आउछु भन्ने आश्वासन दिदै घर बाट निस्केँ। बाटो भरि नै उहाँहरुलाइ नै सम्झिरहेँ। अब के गरेर बस्नुहुन्छ होला दिनभरि भनेर माया पनि लाग्यो। काममा पुगेँ, उहि पेलान, हेर्दाहेर्दै छ नै बजेछ। घर फर्के, ढोका खोल्दा त उज्यालो घर, कोठा मिलाएर चिटिक्क पारेको, खानाहरु पकाएर डाइनिङ् टेबलमा राखेको, अचम्म परेँ, आफ्नु घर नै होइन जस्तो। "आन्टी हजुरहरुलाइ नरमाइलो भो होला है आज? म छिटो निस्किन पनि मिलेन"--अप्ठ्यारो मान्दै आन्टीको मुखमा हेर्दै भने। " होइन छोरी हामी बुढा बुढी त्यतिक्कै गफ गरेर बस्यौँ, फिलिम रहिछ त्यो हेर्यौ, रमाइलो भैहाल्योनि"--सायद मैले आप्ठ्यारो मानेको आन्टीले थाहा पाउनु भयो होला। लुगा फेरेर आउछु भनेर आफ्नु कोठामा गएँ, ओछ्यान् मिलाएर राखेको, अलिकति ज्याल खोलिदिएको जस्ले गर्दा कोठामा सुस्तरि चियो हावा छिरेको, बर्षौ पछि आमाले आफ्नु कोठा मिलाएर राखिदिने गरेको याद आयो। थकित ज्यान आमा सम्झे।
कोठाबाट बाहिर निस्के, दुइटा सिसिमा गुलियो लप्सिको अचार देखेर थाहा पाएँ आन्टीले मेरै लागि भनेर नेपाल देखि लेराइदिनु भएको रहिछ मलाइ एक्दम् मन पर्ने भएर, कसैले मन देखि सम्झेर मेरै लागि भनेर लेराइदिएको खुशिको सिमानानै थिएन। खाना खायौँ अनि आन्टी सँग एक्छिन् कुरा गरेर बसेँ। उहाँहरुले मेरो कुराहरुको त्यस्तो खोजिनिति केहि गर्नु भएन खालि सम्झौनु भयो--"छोरी बाबाले कस्तो गर्भ गर्नु हुन्छ तिम्रो प्रगतिको, तिमी अझ पढ्दै रहिछौ आफ्नु लक्ष्य चैँ पुरा गर्नु पर्छ, मान्छेहरु कति बिचमानै बिग्रेको देखेकि छु" म उहाँको आखामा हेरिरहेँ, आमाको याद आयो अनि झर्सङ भए। मेरो उहाँहरु प्रतिको सोचाइ कति गलत रहेछ त्यो म बाहेक अरुले के नै अनुमान् लगाउन सक्थ्यो होला र? आन्टीले बाबा, आमा अनि भाईको खबर् सुनाउनु भो, म ति द्रिश्यहरुको कल्पना गरिरहेँ र आफु उहाहरुकै बिचमा भएको पाएँ। आन्टीले मलाइ सुम्सुमाउदै भन्नु भयो--"छोरी तिमीलाइ कति भ्यैनभ्यै रहिछ, आफ्नु खाना को चैँ खयाल राख्नु पर्छ है बा, शरिर भन्दा ठुलो केहि छैन"--उहाँ को शब्दहरुमा कति निस्वार्थ माया लुकेका थे, लाग्यो त्यो भावनाहरुलाइ समेटेर कतै जोगाएर राखौँ। धेरै पछि घर् परिवार सगँ बसेको अनुभब भो। यहाँ को एक्लो जिवनले आफुलाइ कति स्वर्थि बनाएको रहिछ, उहाँहरु त्यस्तो आफ्नु मानेर आउनु भएको रहिछ, मैले त्यस्लाइ बोझ माने। आफ्नु एक्लोपनमा हराउदा हराउदा आज परिवार् को मान्यता नै बिलिन भैसकेछ। कोहि घर्मा आउने भन्दा दिक्क लाग्ने भएछ आफु बद्लिएको बल्ल थाहा पाएँ। तेस्रो दिन काम बाट छिटो नै निस्के, उहाँहरु लाइ नजिकै सहर घुमाइदिए, एउटा देशिको होटेलमा खाना ख्वाएँ अनि घर फर्क्यौ। थाकेर चुर् भएका थियौ, फेरि बिहान उहाँहरुको छोरा लिन आउने त्यसैले सुत्ने तर्खर् भैहाल्यो।
भोलि पल्ट बिहान उठेँ, आन्टीको हात को चिया खाएँ अनि उहाँलाइ बाहिर साचो लुकाउने ठाउँ देखाइदिएँ। आन्टी आखाँ भरि आशुं गरेर भन्नु भयो--" छोरी तिमी राम्रो सँग बस, बाबा आमाको पिर नगर, हामी छदैछौनि केहि पर्यो भने गर्न, ", घरबाट निस्किदा मन् खिन्न भैरह्यो। दिनभरि नै नरमाइलो लागिरह्यो। मानमा एउटा सन्नटा ले बास लिराथ्यो, बर्षौ पछि बिउझे जस्तो, केहि नपुगेको जस्तो--
कस्तो सन्सार मा बाचिरहेको रैछु, सबै देखावोटि पाउदा पाउदा साचोँ माया नै बिर्सिसकेछु -- आफ्नु लक्ष्यको खोजिमा हिड्दा हिड्दा माया मोहको बन्दन बाट धेरै टाढा, म र केबल म मा पुरिसकेको-- न कसैको आश न कुनै त्राश-- कस्तो जिन्दागी? कसैको निस्वर्थ मायामा पनि सन्कोच--घरबाट निस्किदा कस्तो थिएँ?--दिन्भरी आफ्नु बद्लिएको भाव, देखावोटि समाज र मान्छेहरुको भिँडमा एक्लो र निरश जिन्दगीलाइ केलाइरहेँ र आफै सँग प्रश्न राखेँ--"के म मात्रै यस्तो हो? पक्कै पनि म जस्ता करोडौ छन होलान यो भिडमा हराइरहेको"--यस्तै कुराहरु सम्झे र कर्म क्षेत्रबाट निस्के--बाटा भरि आश लागिरह्यो--मेरो घर हिजोको जस्तै होस--घर जस्तो
"चाहेको जस्तो हुने भए, सोचेको जस्तो पाउने भए मान्छे किन दुखि हुन्थ्यो र?"---आफैलै थम्थमाउदै ढोका खोले--त्यहि अध्यारो घर गुम्सिएका कोठा---
"कथा ठिकै हो।एक्दमै राम्रो हो भनेर झुत्तो पनि भन्न मिल्दैन।" धेरै धेरै धन्यबाद साच्चो भन्नु भएको मा, यहाँ को कुरामा म पनि सहमत छु "U S मा बसेको सबै नेपाली हरुको एउता कथा मात्र हो।" त्यहि सोचेर यो कथा लेखेकि हुँ "मन्छु लेखिका ले अर्कै राम्रो स्टाईल म लेख्नु भयो तर तेती सरहै पनि राम्रो छैन कि" त्यो म जहिले भन्छु मेरो बिषय साहित्य होइन, म अजै सिक्ने प्रयाश् मा छु "लेखिका लाई अरु केटाहरु ले अर्को थ्रेड म बेस्ट व्रितेर् अफ साझा भनेर नोमिनते गर्न मिल्दैन।"
त्यो म केहि भन्न सक्दिन किन भने म नै यहाँ को कुरामा सहमत छु
"येस्तो स्टोरी त म हरेक् राती लेक्छु मेरो दिअर्य् मा । लेखिका जि हजुर् को स्टोरी बाट थाहा हुन्छ हजुर् येक्दमै अल्छि कहिले रूम् सफा नगरने र फोरी केति हुनुहुन्च"
त्यो तपाइको अनुमान बिल्कुल्लै अलग हो, म मेरो कोठ सफा नभएसम्म त्यो कोठामा बस्न सक्दिन, यो कथा पुरै मेरो होइन, सफाई केटि मात्र होइन केटाहरुको लागि पनि धेरै जरूरत छ र मेरो बाबा आमा ले मलै सफाइ को राम्रो शिक्षा दिनु भएको छ, रह्यो अल्छि को कुरा, सायद् अल्छि भएको भय म यो साझा मा कथा लेख्नु सट्टा सोफाना बसेर टि भि हेर्थे होला
"तपाईंलाई एस्तो एक्लोपन महसुस भको छ भने भोलिको टिकेट कातेर नेपाल जानुस् साझा दत कम मा आएर एस्तो वैयात टि।भी सेरिअल जस्तो कथा पोस्ट गर्नु भन्दा।"
सायद् तपाइले फेरि बुझ्नु भएन, मैले मेरो एक्लो पन् को कुर गरेकि होइन, मैले यो तनाब् ग्रशित् दुनियमा एक्क्लोपन् रुचाउदा परिवर् को मान्यता बिलिन भएको लेख्न खोजेकि हुँ र तपाइले सायद् सिकाउनु पर्दैन होला मलै टिक्केत् काटेर नेपाल जान त्यो त म मिले सम्म हरेक बर्ष जान्छु मेरो परिवारलाइ भेट्न
"अशा छ अर्को पल्ट एस्तो स्टोरी साझा दत कम मा लेख्नु हुन्न भनेर।धन्यबाद" कथा लेख्दा सधै राम्रै हुन्छ भन्न सकिन्न, जस्ले भोगेका छन् उनिहरुलाइ यहि मन् पर्छ, नभोकालाइ दिक्क लाग्छ, म मन्छु सायद् सबैलाइ खुशि बनाउन सकिदैना
तपाइको टिप्पणि मेरो लागि प्रोत्शाहना को ठुलो मार्ग बनेको छ धन्यबाद्। कुनै दिन तपैलाइ मन् पर्ने कथा लिएर आउने प्रयाश गर्नेछु
Dipika, thank you for another piece of good work. Enjoyed it. Keep'em coming. As usual I read every stories available in sajha but am too lazy to put some comments. As I came across the comments made by Mr/Mrs. Antagonist, I thought I would be too selfish not to write a few words. I don't know how you felt when you read his/her comments, but one thing I can say is don't be discouraged (if you are) just because some envious and ignorant jerk like Antagonist felt that way.
Antagonist, you brag about writing these kinda stories every night and hide it in your diary. This shows how jealous, lonely and desperate you are. At least Dipika had the courage to express her feelings to the readers here in Sajha. She showed you the way out of the cave you've been living in for years. Use this opportunity as a motivation and bring up your stories in Sajha. Who knows, you might be nomitated as the best writer next year.
Wow..it seems sajha has found another "better" writer in you. Let us read your diaries and we will see how good of a writer you are. Who knows your diary ramblings may end up being a best-seller some day?
And about dipika being a "girl", have you seen his/her ID to claim that he/she is a girl? Well, I haven't. So, I can't really cliam that it's really a "dipika" behind that nick or a "dipak" predending to be dipika. If the writer is really a "girl", you should be happy that sajha has found a good female nepali writer in Dipika. And, if encouraging someone for good work makes us "khasi, boka, chynagra or whatever", I have nothing to say. I am happy with all those adjectives.
At last, I am amazed that you took all the story literally and concluded that Dipika's room must be very dirty. That's really amusing. If I write something like "I want to die tonight..", does it stand for invitation for my funeral tomorrow? Certainly not..
kancha, kalejo, psychosit, punteDamai, CL and Nepal ko Chora,
Thank you so much for the support. I am not discouraged by antagonist's comments. He has equal right to speak whatever he thinks about my writing, but it would have been nice if he wouldn't have done the judgement of others under assumptions. I take his comments as a challenge for future. Anatagonist, I need to get the comments from a reader like you so that I can do better in future. Thank you!!!!
hah.... आखिर तेही भयो जुन कुरा को मलाई सधैं डर थियो।हामी बिचमा कुरा चल्थ्यो कतै महिला भएकैले थ्रेड hit भएको भन्ने आरोप लाग्ने त होइन भनेर।नभन्दै antagonistic ले कुरा उठाइ हाल्नु भो।महिला पुरुष भन्दा पनि पहिला शायद हामीले सम्पूर्ण बिसएबस्तु र प्रस्तुती लाई ध्यान दिनु पर्ने हुन्छ होला।दिपिका का रचना हरु मा गम्भिर मनबिये आचरन र सुसुप्त अवस्था मा रहेका दमित chahana हरुको सजिब चित्रण पाईन्छ।अनी छोटो र छरितो प्रस्तुती वहाँ का सबल पक्ष हरु हुण भन्दा अत्तिसुयोक्ती नहोला।
महिला लेखिका लाई बडी critical acclaim मिल्नु शायद SIGMUND FREUDले भनभने झै subconscious mind ko motivation hola शायद/here i like to quote him-According to Freud,the unconscious is the source of our motivations, whether they be simple desires for food or sex, neurotic compulsions, or the motives of an artist or scientist. And yet, we are often driven to deny or resist becoming conscious of these motives, and they are often available to us only in disguised form.{source:http://webspace.ship.edu/cgboer/freud.html}
शायद antagonisticji ले आफ्नो जवाफ पाउनु भो होला।अब केही अत्एन्तै personal र बेक्तिगत आक्छेप हरु चै वहाँका साघुरो मनसिक्ता का उपज हुन भन्दा गलत न होला।सुन्तले जीले आफ्नो गीती कथा मा भनेझै कथाहरु आँफै मा सत्प्रतिसत सत्ये वा गलत हुँदैनन। so antagonistic should try to take story as a story not as an 100% true extension of one's personality.
लेखिका जियु माफ गर्नु होल मैले एदी तपाईंको मान दुकाको भए। मेरो त्यस्तो मनस्थिती नै थिएन। हो मन्छु हजुर का कथा हरु धेरै जस्ता राम्रा नै थिए तर हजुर को यो कथा पढेर मलाई हजुर एउता सान देखौने लेखिक को महसुस भयो। लेखिक जिउ तपाईंक पहिले क कथा हरु निकै नै राम्रा थिए अनी तपाईंले सोच्नु भयो कि साझा म जे लेखे पनि यहाँ का कन्या रशी क केटा हरुले मान परौछ । तर तपाईंको धारणा गलत हो। यहाँ म जस्ता थोरै सिङ रशी भएका केटा हरु पनि छ न् जस्ले हजुर क स्टोरी हरु मन देखी पढ्छ न् ।हो मैले हजुर को unnecessary assumption बनाये तेस्को लागि माफि पौ।अनी मैले तपाईको धेरै कथा हरु पढेर तपाइ येक् धेरै नै माया गर्ने बाबा को छोरी हुन्हुन्छ भन्ने कुर पनि बुझे। खुशी लाग्यो नत्र यो साझा नगरि म बुवा को कथा पढ्न पायो भने i miss my dad bhandai कम्प्युटर अगाडि बसेर धुरु धुरु रुने रुन्ची हरु पनि छ न्। तेसैले लेखिक जि आशा छ हजुर को अर्को कथाले फेरी मेरो मान ले तपाईंको पूजा गाह्रोस्।नत्र यो साझा दत कम म आएर यहाँ क दादा हरु सँग कुर गर्ने टाईम छैन्।फेरी पनि भन्छु लेख्नुस् एउता राम्रो कथा फेरी नेपाल म तपाई को घर म मग्न अको केटा को america ko trip जस्तो। उ अयो मलाई कस्तो लाज लग्यो,ख बस्ने भन्ने भन्ने उस्लाई, एअरपोर्ट म लिना गको एक्स्प्रेसेन हरु hahaha... त्यस्तो नै लेख्नु छ भने हजुर को कलम बन्द गर्नुस्। ra siknus aru ramro story teller haru -Sitara,Deep,sum off and sajha gazar sanga kasari lekhney bhanera.Maaf pau lekhika Jiu हजुर लाई नब बर्ष को शुभ कामना।
तपाइ एउटा पाठक हो र म त्यस्को आदर गर्छु, सबैलाइ सबै कथा मन पर्नै पर्छ भने छैन, साझा सबैको साझा हो यहाँ कयौ यस्ता पाठखरु हुनुहुछन् जस्लै मेरो यो कथा मन परेको छ। मेरो धारणा बुझ्न खोज्नु भएको हो भने मैले सबैखालको कथा प्रस्तुत गर्न खोजेकि हुँ सधै america आएको कथा लेख्यो भने पाठकहरुलाइ नरमाइलो लाग्छ, तपाइले आफैले भन्नु भयो मेरो पहिले को कथा राम्रो थियो त्यसो भए कसरि अहिले भन्नु हुन्छ मैले जे लेखे पनि हुन्छ भनेर सोचेँ । तपाइले बुझ्नु पर्ने हो कि एक चोटि पठाकहरुको माया पाएपछि गुमाउने डर सबैलाइ हुन्छ, यो साझा म कयौ येस्तो पाठक हुनुहुन्छ जस्ले आफ्नु किम्ति समय निकालेर पढ्नु भएको हुन्छ, मैले त्यो बुझेकि छु, लेख्दै जादा राम्र नराम्र सबै खालका कथा लेखिन्छ, के थाहा तपाइलाइ मन नपरेपनि अरुलाइ मन परेको छ कि?
मलाइ आफ्नु धारणा दिनु भयो खुशि लाग्यो तर माफि पाँउ म सबैलाइ खुशि बनौन सक्दिन। यो कथा पछि मैले emails पाएँ जस्मा पाठकहरुले आफ्नु जिवन महशुस भएको कुर जनाउनु भयो, मेरो प्रयाश् पनि तेहि हो धेरै प्रकारका पाठकहरुको मनमा बस्ने, म यो भन्दा बढि अरु केहि भन्न सक्दिन।
बाकि रह्यो Deep and Sum_off को कुरा उहाँहरु सँग त म हरेक पल सिकिरहेकि हुन्छु, म पनि एकदिन उहाँहरु जस्तै उत्क्रिस्ण श्रेणि को लेखिका हुन चहन्छु।
तपाइले मेरो मन दुखाउनु भएको छैन, तपाइले आफ्नु धरण बेक्त गर्नु भएको हो र म तेस्को आभारी छु, चाहन्छु कुनै दिन् तपैलाइ मन पर्ने कथा लिएर आउन सक्षम हुँ।
Dipika....thats an excellent piece of writing.......i liked it very much....the issue about...either Antagonist liked it or not does not judge ur excellency of the message u r trying to convey....i find myself in the story in some part of my life....yo sansar ma sabai lai sabai kura man parne bhaye kina HATRED bhanne jantu ko janma hunthyo....kina Nathuram Godse le Mahatma Gandhi lai Goli hanthyooo......Keep up the Good Work.
You better write another story (or whatever you feel like writing) instead of wasting your time giving clarification here ..........Yeaa, write for the readers, who think your three hours of typing worth leaving at least an appreciating comment…..
+ To those, who just read your story, but do not leave any comments ( lazy / busy silent readers like me )
And, For the Rest, hey, don’t worry about them, they have better option “NOT TO CLICKâ€
This is an excellent narration regardless of the writer's gender. Dipika, you shouldn't try to please every single reader. The way I see it, the only person who doesn't like story is the one who is living the lonely life himself/herself. Keep up the good work!
Bikash jyu----"दिपिका का रचना हरु मा गम्भिर मनबिये आचरन र सुसुप्त अवस्था मा रहेका दमित chahana हरुको सजिब चित्रण पाईन्छ" ----मैले यस्तो राम्रो टिप्पणी को आशा कहिले पनि राखेकी थिइन , मैले जे लेखे त्यही बुझ्नु भयो, मुरी मुरी धन्यवाद
sadhanasharma jyu---मेरो प्रयत्न पनि त्यहि हो, मैले जस्तै अरुहरुले पनि भोगेको कथा प्रस्तुत गर्ने। टिप्पणि को लागि धन्यबाद
nepwanted jyu--thank you so much for your time and appreciation.
BEEFEATER jyu---thank you so much for your time. It is true we cannot make everybody happy.
pjna--my friend, I agree with you. We know very well about the time needed to type a whole story, especially for a starter like me. Thanks friend for your idea and it is superb. katziman jyu---Thank you so much for you time and comments. I agree with you,it is not possible to please everybody.
Antagonist....you are trying to discourage an upcoming star....don't take sajha for granted and publish useless comments...if you can't say good about other's then it's better to keep you mouth shut....
Don't try and annoy Dipika's patience...till now she has shown respect in all of her replies to you...so you should stop commenting if you don't want to improve your antagonistic behavior.....
From Trump “I will revoke TPS, and deport them back to their country.”
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.