serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १२४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 564]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 207980 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 07-28-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी  १२४  ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 124 editions.
 

 
Posted on 07-31-08 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली शुकरबार आजै देखी मनाउं। मेरो टोलको भाई ले गाएको यो गीत सुनम त

फ्राइ डे इभनिङ ...................................

 


 
Posted on 07-31-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योति घिमिरे समकालिन पप संगितमा सकृय तर उमेर को हिसाब ले रिटायर्ड हुने बेलाका प्रतिभा हुन। गीतारमा पारंगत मानिने घिमिरे को स्वर सूर ताल सुन्ने बुझ्ने छक्क पर्छन, नेवारी समेत् राम्रो संग बोल्ने घिमिरे निकै सरल स्वभावका छन।

 


 
Posted on 08-01-08 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !

शुकरबारे तीन पाने जदौ!


कहिले कही बिर्सिएर आकाश खोज्दै हिड्छु
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु
धेरै नै व्हयो अल्झेको यहाँ भीड भित्र
तिनै भीडमा जिन्दगी को आभास खोज्दै हिड्छु।


 
Posted on 08-01-08 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldailai chiya sahitko taremam.


 
Posted on 08-01-08 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, धन्यवाद।


चिया हो कि सिया? टी भनेर लेखेको जस्तो त छ, तर डिब्बा भित्र बन्द छ। जे भए नि पिइ दिन्छु, एक सास जिइ दिन्छु। माया ले दिए बिष पनि अमृत हुन्छ रे।


 
Posted on 08-01-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र
यदी मान्छौ भने म तिम्रै देव भनेर
म त खाइ दिन्छु कसम आँफैलाई भाकेर

तिमीले भनेका सारा देव छोएर...........

 

सुक्रबारे आरामदायी जदौ सान्नानी र ठुल्दाइलाई !

 


 
Posted on 08-01-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
ठुल्दाइ बिहान बिहान देखी झ्याप हो कि क्या हो
सान्नानीले दिएको चिया लाई माया ले दिएको चिया रे
सान्नानीलाई नै चिन्न छोडेको कस्तो झ्याप होला

अनी यो माया भनेको को नि फेरी - चालामाला ठीक छैन जस्तो छ ठुल्दाइ


 
Posted on 08-01-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
शुक्रबारे रमझमे जदौ ठुल्दाइ,सान्नानी रिट्ठे, लहरे। 
त्यो पलास्टि को कप को चिया चित्तै बुझेन ल अर्को खाउ स्टिल को गिलासाँ

 
Posted on 08-01-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनालाई नमस्कार! शुभप्रभात! तारेमाम! र जदौ!

सान्नानी ठुल्दाइलाई मात्रै चिया। पाए त हामी पनि पिउथ्यौ नि।


ठुल्दाइ दाजु बहिनी बाँडेर पिउने है


रिट्ठे हा हा हा शुक्रबारे जदौ त आरामदायी  नै हुन्छ है। सञ्च छौ?


लहरे, ठुल्दाइलाई सान्नानी, ठुल्नानी , दिपिका नानी, चेली नानी, माया नानी सबै बहिनी हुन। अनी सबै बहिनी एकै देख्नु त ठुल्दाइको महानता हो। यस्सै ठुल्दाइलाई झ्याप भन्छ। एका बिहानै झ्याप हुने कुरा गर्छ यो साथी। सञ्चै छौ?

मामा, कठै मेरो मामा ले आँफै बनाउनु पर्‍यो चिया आज। मामा म अब देखी सँधै स्टीलको गिलासमा दिन्छु है हजुरलाई चिया। हजुरले बनाउनु पर्दैन


 
Posted on 08-01-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो दिपिकालाई मेरो कुरा नकाटीकन मलाई केही
नभनीकन खाएको पच्दैन जस्तो छ है - मलाई त त्यस्तै लाग्यो।

अब म मात्र के काम म पनि सुनाउनु पर्‍यो - सुना है
कती न मामा को भान्जी भाकी - चिया बनाइसकेपछी पर्दैन बनाउन रे -
अझ अनुहार टाँस्छे - बाठी छ दिपिका काम बाठी छ


 
Posted on 08-01-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा लहरे तिमी साथी पर्यौ नि त  त्यसैले भन्न सकेकी नि। खोइ कुरा बुझेको? रिट्ठेले त बुझिसक्यो

अनी मेरो मामा आजकाल एकदम ब्यस्त हुनुहुन्छ के। कहिले आउनु हुन्छ थाहै हुँदैन। अनी आउने बित्तिकै म चुलो फुक्न थाल्छु चिया बनाउन। फेरी मामालाई अली कडा चिया चाहिन्छ के, चिनी पनि कम हालेको, अरु मिठो मान्नु हुन्न। त्यसैले आँफै बनाइदिन्छु भनेकी नि आफ्नो मामालाई। अनी बिचरा त्यस्तो भ्याइ नभ्याइ भएको मेरो मामा ले आँफै चिया बनाउनु पर्दा मैले कस्तो अनुहार लगाउने त साथी?


 
Posted on 08-01-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कुरा बुझ्छ - चाहिने भन्दा बढी नै बुझ्छ -
आफु अली टुब्लाइट पर्‍यो - टाईम लाग्छ क्या -
फेरी बुझे पछी - हैन 
 
Posted on 08-01-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


शुक्रबारे जदौ।
ठुल्दाइ, के हो बिहानै देखि झ्याप झुप?
लहरे त सधैं झ्याप भैहाल्यो, बोली लरबरिने, मान्छेलाई जथाभावी नाम दिने।
बिष्टेले पनि इस्टिलको गिलास ल्याएछ, हातै पोल्छ गाँठे तेल्ले त।
बरु दीपूको हातबाट चिया खान पाए हुन्थ्यो। तिमीले बनाएको चिया पनि मिठो अनि त्यो हात्तीसुँढे भाँडो र कप पनि राम्रो।
रिट्ठेले होशमा गाएको हो कि बेहोशीमा?
   
 

 
Posted on 08-01-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

कठैबरा मेरो भाग्गे, काम नि सकिँदइन साउलाई काल नि आउँदैन!

दुख पाइस जिम्माले आफ्नै ढङ्गले!

हरिशरणम्!


 
Posted on 08-01-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कति काम अर्नु पर्या त यी जिम्माल बुढालाई नि? यो उमेराँ त यसो पिंढीमा तमाखू तान्दै नाति नातिना आँगनाँ खेल्या हेर्दै बस्नु नि।  
 
Last edited: 01-Aug-08 09:49 AM

 
Posted on 08-01-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।

चिया मा बिबाद गर्नै पर्दैन, चिया चिया नै हो, पिउने। एक सर्को जिउने।
थर्मस को चिया- आहा हेर्दै पिउं पिउं लाग्ने।
झ्याप भै दिए र्‍याप गाउंथे , कहिले झ्याप भैन र सधैं र्‍याख र्‍याख मा परियो।


 
Posted on 08-01-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका एक सदस्य चिप्ले भनिने चिप्ले चाप्लुसे ले बिगत केही दिनदेखी चौतारीमा गर्दै आएको कृयाकलापमा हाम्रो ध्यानाकर्षन भईबक्सेकोछ। निजले आफु कुनै बिभाग को प्रमुख नभयता पनि आफु खुशी सुचना निकालरे चौतारीको मानमर्यादा माथि आँच आउने काम गरेको कुरामा हाम्रो दुई मत नहोला भनी हामीले बुझिबक्सेकाछौ। त्यसैले आजको मिती बाट निज चिप्ले लाई असक्षम घोषणा गरिएको जानकारी एसै सुचना मार्फत सबैले थाहा दिन अथवा भन्न चाहिबक्सेकाछौ।

चौतारी रस्रङ बिभाग


 
Posted on 08-01-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए लहरे पहरे मेरो भान्जी लाई किन देखी नसकेको हँ ? मेरी प्यारी भान्जी कत्ती माया गर्छे मामालाई, मेरो सबै choice हरु था छ् भान्जी लाई, कसैको छ मेरो जस्तो भान्जी? ल भान्जी तिमी लाई क्याड्बरी चक्लेट ल्याद्या छु।
चिप्ले,सउधी ज्यु जदौ,
अनी हाम्री सौधिनी लाई आराम भएन कि कसो २ दिन भो बेपत्तै हुनुहुन्च?
 
Posted on 08-01-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे बुढा बकबके - चुप लागेर बस है भन्द्याछु - सुचना निकाल्न नपोरोस्
 
Posted on 08-01-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइली बजै हारेको सूचना निकाल्नु परो, लहरे। पक्षपात गर्न पाइन्न।


अहिले लाई १ घण्टा भूमिगत- मिटिङ छ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters