ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 335117 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-08-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिस्टे लोल
लोल रिट्ठे लोल

 
 


 
Posted on 09-08-08 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गफ चुट्न कति फुर्सद पाएका यी पातकीहरुले

ठुली छु ख ताअाअाअाअाअा?   

 
Posted on 09-08-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो चिप्ले मतिना गर्न मन लाग्यो भनेको होइन - हो भने हो भन्नु पर्‍यो
चाँजोपाँजो मिलाइदिन्छु -

वोहो ठुलि के छ, भात खाको हो आज - होइन होला डाइटिङ गर्छ नि ठुलि - त्यसोभए स्लिम पार्ने दही
अनी स्यालड खाको होला - है है 


 
Posted on 09-08-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलि
भात भयो?

अड्डा बाटै चौतारी झरौला। अहिले लाई तारेमाम। '


 
Posted on 09-08-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अस्ति देखि मतिना मतिना भनिरहेको छ लहरेले। के हो त्यो मतिना भनेको?  

 
Posted on 09-08-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मतिना भनेको
नपाली मा लभ
औग्रेजिमा प्रेम

अब त बुझियो होइन


 
Posted on 09-08-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ लहरे को सित लभ गर्नु। च्वाँक केटीले आफूलाई हेर्दैनन् आफू झुर केटी हेरिन्न।  

 
Posted on 09-08-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसै भन्या हो त चीप्ले,

सबै केटी राम्रा हुँदैनन नि नारन
राम्रा जती हाम्रा हुँदैनन
भनेर

अस्ती भर्खर जिम्माल बा ले  बौचा को अर्को नि पद थप्या जस्तो लाग्छ ! हो भने कस्ट गरी अर्को नि एउटा थपिदिनु पर्‍यो !

चौतारी चाँझो बाझो मिलाउ समिती प्रमुख


 
Posted on 09-08-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छैन कि के हो
छैन भने छैन भन्नु पर्‍यो
छ भने बोल्नु पर्‍यो
चुप लागेर बस्ने बानी राम्रो होइन भनेर मैले भन्नु पर्दैन होला भन्छु म।

एक घण्टा भैसक्यो, ठुल्दाइ अहिले सम्म अड्डा पुगेको छैन, बाटो भरी आँखा डुलाउदै, थाकेको जस्तै गरी राम्री राम्री भएको ठाउँ मा टक्क उभिएर आउने होला अनी किन छिटो पुगोस त अड्डा।

चिप्ले अब राम्री ले नहेर्ने भए नराम्री भन्दा अली राम्री खोज्ने, लोप गरिदीइहाल्ने, उसै त बुढो भैसक्यो, ल ल मतिना गरिहाल्ने।

रिट्ठे मुर्दार कतिवटा चाहिने, नयाँ खर्क मा दुइटी छ, दुबै जना भेटिएला भनेर एक जना लाई कुइन्स् मा र अर्को ब्रोन्स् मा राखेको भनेर मैले अहिले सम्म कसैलाई भनेको छैन। अरु पनि पोल खोल्ने कि, हुँदाँ हुँदै ज्याक्सन हाइट मा मित्र राष्ट्र को एक जना लाई पनि ट्यान्टर म्यान्टर पारेर राखेको छ रे होइन, सुन्या कुरा भनेको हो मैले, जे पर्ला पर्ला ल जा त।

जिम्स् पाट खोइ - काम छ भनेर टाप कस्यो कि क्या हो, दुई जना सम्धी नै छैन - के भएको होला कता गयो

अनी चेली र दिपिका खोइ बिहान टुपुल्क आउने अनु टाप - साचै काम भएर नआको हो कि, आउन मन नलागेर नआको हो, अनी फेरी छोटि छोटि मोटी मोटी सन्नानी खोइ त,

सबैलाई समेते होइन - कोही बाँकी छ भने भन है फेरी केही भनेनौ भन्लाउ नि -


 
Posted on 09-08-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।


ट्रेन ढिलो आयो, ढिलै हिड्यो, ढिलै पुगियो। बौचा लाई चासो?


अब देखी चासो पासो समितिको नि अध्यक्ष बनाइ दिने कि रिट्ठे?


 
Posted on 09-08-08 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नहुनु चासो, ट्रेन ढिलो आयो रे,
फटाफट हिंडेको भएदेखी यो भन्दा चाडै पुग्थ्यो।
ठुल्दाइ बिग्रियो - अचम्म तरिकाले बिग्रियो त्यही भर चासो भएको
हाम्लाई चासो नभए कबिता सबिता लाई हुन्छ त।
 
Posted on 09-08-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्न हसुरिएर बसियो आफु त उप्पर खुट्टी लार।
अब एक घन्टी बजार राम्बादुर च्या खाउन भन्न पाये पो ठुल्दाइ ले जस्तो।
लौ गये आँफै चिया लिन।
लहरे छ एउटा जे होस् सकृय कहिले काइ मुद चल्या बेलामा।
 
Posted on 09-08-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइ छुस्स सायरी पेलेर कता लाग्नु भयो?

लहरे के हो त्यस्तो? अब लहरी को चिट्ठी खुरुक्क उसैलाई नदेर यो चौतारीको हाँगामा टाँस्दा हावाले उडाएर लहरिको मुस्तन्डे दाइहरुकोमा पुराइदिन्छ अनी करङ को हड्डी बज्दा थाहा पाउछौ

मामा दर्शन! बाबु कत्रो भयो? "बाबा" भन्ने भयो कि सिधै "दिज्जु" भन्न थाल्यो अब न्वारन को फोटो राख्ने होइन यो नयाँ चौतारीमा?

चिप्लु, हजुरलाई मेरो हात्तीसुढेँ कप कती मन परेछ है। अर्को चोटि बिशालबजार जाँदा हजुरलाई पनि किनेर लेराइदिन्छु है। त्यस्पछी यसो एक दुई कप चिया त हामीले पनि पिउन पाउछौ होला नि हजुरको हातले बनाएको

रिट्ठे के छ साथी? बौचालाई अर्को पनि पद दिनु भएको छ हो माइला दाई ले के गर्न खोज्नु भएको होला। बिचरा बौचा ले कसरी थाम्ने हो त्यती धेरै पदभार

माइला दाई को ' कार्डियाक लभ'


 
Posted on 09-08-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जम्मैलाई मेरो तारेमाम ।
अनी के भन्छ, के भन्न ला थे बिर्शी हाले खाइ मेरो टुप्पी तान तान कसैले।
 
Posted on 09-08-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढाड दुखेर हैरान भएको बेला कसैले बजाए पनि राम्रै हुन्थ्यो,
अहिले राजिनामा दिएको हो मैले, उहिले नै दिएको, दिने ले पद सद दिदै गर्छन् आफुलाई बाल मतलब
अनी कता बेपत्ता नि, कामले च्यापेको पक्कै पनि होइन होला - के को पक्कै नि एक होइन दुई होइन तीन होइन लौ जा,
 
Posted on 09-08-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आथ्था कस्तो बेसरी तानेको बज्जे रिठ्ठेले , बल्ल सम्झे के भन्न ला भनेर ।
सबैले खाइ सकेको हो , मैले चै छैन है जान लागेको खान लाई।

 


 
Posted on 09-08-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अपरान्हको जदौ सबैलाई।
खायौ त बालुवाबोक्सी (sandwich), पास्टा, बर्गर र अन्डा आदि आदि सबैले?
अस्तिको भन्दा अघिल्लो शनिबार जिम्माल र मैले मिलेर एउटा खसीलाई कारबाही गरेका थियौं। अहिले त्यही खसीको मासु, साग, तरकारी र भात खाएको मैले। अनि तिमीहरुलाई सम्झिएर लेखेको।

बाउचा, रिट्ठ्लेलाई मात्रै के भन्छौ? तिम्रो नि कुरा सुन्या छु है मैले। म्याडिसन शहरमा नारायणघाटे नेवारनी छ रे हैन तिम्रो? अनि वरपरका गाँउका गोठालनीहरु पनि छन् रे कत्ती जना। पोल खोलिदिउँ सबैको अगाडि?       

 
Posted on 09-08-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन भान्जी,धेरै दिन पछी आयो नि त बा सबै बेसै त छ् ?
बाबु अहिले मामा दिज्जु केही पनि भन्दैन टुलुटुलु आँखा ले बाबा अनी आमा भन्छ। अनी बाबु हेर्न कहिले आउछौ त?
न्वारन खसै एता केही गरिएन नेपाल बाटै गरिदिनुभयो अनी फोनबाट उस्को नाम सुनाइदियोउ तेही हो,फोटो हरु राखुला नि।
 
Posted on 09-08-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो हर्के सोम - के छ - आज त सोमबार ईभिनिङ झ्याप हुने होइन त, सुकुटी सँग चट्ट पार्ने होइन त
 
Posted on 09-08-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छ नि किन छैन - आफ्नो त छ वरीपरी सबै छ, नभा कुरा भन्दिन म
लुकार राख्ने चलन छैन मेरो - त्यहाँ मात्र होर शिकागो मा पनि राख्याछु कहिले काही घुम्न जान हुन्छ भनेर 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters