केहि साल पहिले शायद अलि ठीकै खालको गजल लेखेको थिएं यहि साझामा भ्यालेन्टाईन डे पारेर -
आज पनि एउटा लेखें - मन परे उनलाई पनि सुनाई दिनु होला ! नबुझे म सित सोध्नु होला !
एकले अर्का भेट्नु नै सबै पुरस्कारहरु !
मानौं, बांकी छैन अब कुनै पुकारहरु !
हराई अकंमालमा सौध्दै थियौं आंखाले
हाम्रो बाहेक अरु पनि छन् र संसारहरु ?
मन मस्तिष्कका हरेक कुना ओगटेका छौ,
कंहाबाट आवोस् अरु कुनै ब्यभिचारहरु !
ऋण भए चुक्ता गर्थें , पैंचो फिर्ता गरि दिन्थें
तिर्नै सकिन तिमीले गरेका आभारहरु !
more to come....
पहिलेको
गजल
ओत खोजेर हिड्दा तिम्रो घर, मन्दिर जस्तो लाग्यो !
तिमीले खेल्दै कोरेका ती रेखा, तक्दीर जस्तो लाग्यो !
नितान्त एक्लो महसुस भएन कुनै एकान्तमा
तिम्रो उपस्थिती मेरो मनमा, तस्बीर जस्तो लाग्यो !
तरल सतह माथी हिडि रहेका पाईलाहरु
बिश्वाशको आधारले होला, सुस्थीर जस्तो लाग्यो !
बिर्सेर मैले जब एकै क्षण भुलें तिमीलाई
जमीन प्रक्रिति र समय नै, अस्थीर जस्तो लाग्यो !
उड्न खुल्ला आकाश नै उपहार दिएका हौ
बाधिन आउं आउं लाग्ने माया, जन्जीर जस्तो लाग्यो !
- मबि सि
Last edited: 14-Feb-08 05:50 AM