dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एक्लोपन

[Please view other pages to see the rest of the postings. Total posts: 73]
PAGE: <<  1 2 3 4  
[VIEWED 35893 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 12-21-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हरे आज पनि सातै बजेछ,  अध्यारै भैसकेछ"--थकित स्वोरमा आफैलाई समय को ज्ञान दिदै घरको ढोका खोले। झ्याल ढोका दिनभर बन्द भएर गुम्सियको घर, बत्ती बाल्दै भित्र छिरेँ र सिद्दै आफ्नु सुत्ने कोठातिर लागेँ। बिहान उठ्ने बित्तिकै काममा हिडेको ओछ्यान् पनि जस्ताको त्यस्तै दिक्क मान्दै पहिले ओछ्यान् नै मिलाएँ। "फेरि खाना बनायो, खायो, सुत्यो अनि बिहन त्यहि काममा दौड्यो, क्या गधा को जस्तो जिन्दगी बाँच्याछ" --आफै सँग गन्थन गर्न थालेँ सायद धेरैनै थाकेको भएर होला। पढाइ सिद्दिने बित्तिकै भनेको जस्तो काम पाएँ, काम ले गर्दा सर्नु पर्यो, आफ्नु मिल्ने साथिहरु आ-आफ्ना कर्मको खोजि मा निस्के, हत्तपत्त कोहि नचिनेको राख्न पनि मन लागेन त्यसैले आफु एक्लै बस्थे र बिस्तारै त्यो एक्लोपन नै प्रिय हुन थालिसक्याथ्यो।
केहि खानु पर्यो भनेर फ्रीज खोलेको मात्रै के थिएँ, फोन आयो, आमा को रैछ नेपाल बाट। म अचम्म परेँ, त्यो समयमा त्यसरि आउदा डर पनि लाग्यो, मेरो पहिलो प्रश्न नै थ्यो--"घरमा सबैलाइ सन्चै छ?", आमाले सकुसल छौं भन्ने आश्वाशन दिनु भो  अनि कुरा गर्ने क्रममा भनु भो--"छोरी सत्याल अन्कल र आन्टी आउन लाग्नु भएको छ अर्को हप्ता, तिमी कहाँ तिन दिन बस्नु हुन्छ",
"को सत्याल अन्कल र आन्टी, हाम्रो छिमेकि?"--मैले कुरा बुझ्ने कोसिश गरेँ,

"हो हो उहाँहरुनै, छोराको ग्र्याजुएसन छ रे"--आमाले बुझाउनु भयो,

"अनि किन बस्ने त म कहाँ"--मुख बाट झर्को पन् चुइहाल्यो,

"मैले बस्नु भनेको भएर, उहाँहरुको छोरा तिमी भन्दा चार घन्टा टाढा बस्छ रे, मैले नै दुइ चार् दिन छोरीकाँ गएर बस्नु, उस्लाइ हामी गए जत्तिनै हुन्छ भनेकि भएर हो, त्यहि पनि मान्छे घरमा आएको त राम्रै हो नि छोरी"--आमाले मैले झर्को मानेको बुझेर मलाइ सम्झाउने प्रयाश गर्नु भयो। अतिथि सत्कार को पाठ पढाउने घरमा जन्मेर पनि आज कोहि आउने भन्दा यस्तो झर्को पन, आफै झस्केँ। आमा सँग उहाँहरु आउने समय लिएर कुरा टुङाए।

मनमा अनेकौ प्रस्नहरु खेल्न थाले। जहिले आफ्नु एक सुर गरिरा बानि, फेरि कसैलाइ दिने समय पनि थिएन आफु सँग, हप्ता को मध्यमा आउन लाग्नु भएको रहिछ, दिनभरि आफु काममा हुन्छु, बिहान निस्केपछि घर फर्किदा अँध्यारो नै हुन्छ। अब दिनभरि घरमा थुनिदा कति नरमाइलो लाग्ने होला, यस्तै कुराहरुको चिन्तन मनन गर्न थालेँ। "ओहो तन्ना र सिरक धरि धुनु पर्ने छ, क्लजेट मा राखेको धेरै भयो, काठको नै गन्द आइसक्यो होला"--चिन्ता थपिदै थ्यो,

"ह्या किन आउन लागेका होलान मै कहाँ,  मैले राम्रो सँग चिनेको पनि छैन, हुन त बाबा आमाहरु सँग मिलेर बस्या हो क्या रे, आमाले नै भनेर आउन लागेका हुन्"--आफैसँग प्रस्न राख्दै फेरि थम्थमाउन थालेँ।

आउने दिन काममा पनि मन लागेन। एउटा नियमित जिन्दगि बिताइरहेको बानि, फेरि आफ्नै तालमा हिडिरहेको, के के कुराहरु सोध्ने होला, कति नाटिकुटि चाहिने होला, सबै कुराहरु सम्झेर टाउको त्यहि दुईटुक्रा पो हुने हो कि जस्तो भो। सन्चो नभएको बाहना बनाएर छिट्टै निस्के कामबाट। घर गएँ खाना पकाएँ, अलि अलि घर सफा गरेँ अनि लिन गएँ बिमान्स्थलमा। उहाँहरु भनेको समय मा नै आइपुग्नु भो र मलाइ देख्ने बित्तिकै एक प्रकार को हर्ष र आनन्दको मिश्रित अनुहार् लगाउदै भन्नु भो--"छोरी तिमी त समयमा नै आइपुगिछौ, हामीले त एक्छिन् कुर्नु पर्छ होला भन्ने सोचिरा", " होइन आन्टी म काम बाट छिट्टो नै निस्केकि थेँ आज" --आन्टी को अनुहारमा हेर्दै भनेँ।

घर पुग्यौँ,  उहाँहरु थाकेर आउनु भएको थ्यो, मैले टेबलमा खानाहरु तयार बनाएर राखेकि थेँ, समयको अभाब ले गर्दा धेरै केहि थेन तर पनि दुबैले अचम्म मानेर भन्नु भो--" छोरी कति धेरै पकाएकि किन यती दु:ख गर्नु पर्थ्यो र?", "आन्टी आज मैले त्यस्तो धेरै केही बनाइन, हतार मा बनाएको कस्तो पो भयो"--खाना तिर् हेर्दै भने। उहाँहरुले खुब तारिफ गरेर खानु भयो, खाना को मिठास भन्दा पनि मेरो परिश्रमको ताली बजाउनु भयो। मनमनै सोचेँ आज सम्म कतिलाई घरमा ख्वाएँ होला, कती चोटि आफ्नु घरमा भेला हुँदा पकाएँहोला तर यती खुशीका साथ मेरो स्वागत कस्ले नै आप्नाएका थे होलान्  र?  खाउन्जेल हास्यो, भए नभएका कुरा गर्यो, जो अगाडि छैन त्यस्को खेदो खन्यो, अनी आ-आफ्ना घर तिर लाग्यो, यही नै थ्यो यहाँ को जिन्दगी।  खानपान को काम सिद्दिएपछि आन्टी र अन्कललाइ मैले सुत्ने बस्दोबस्त गरिदिएँ र आफ्नु पनि बिहन छिटो उठ्नु पर्छ काम जान भनेर सुत्ने तर्खर्मा लागेँ।

भोली पल्ट बिहान सधैं झैँ कामा जाने तयारीमा कोठाबाट बाहिर निस्के, हेर्छु त आन्टीले पहिले नै चिया बनाएर मलाई कुरिरनु भएको रहिछ। "लौ आन्टी किन यती छिटो उठ्नु भएको, चिया बनाउनै पर्दैन थ्यो म काममा नै कफी पिउथे"--अचम्म मान्दै भने, "हैन छोरी हाम्रो छिटो नै उठ्ने बानि छ फेरी तिमी गैहाल्नु पर्छ भनेर पहिले चिया नै बनाएँ, अरु के खान्थ्यौ थाहा भएन" -- अनुहारमा केही दु:ख मनाउ नदेखाएर आन्टी ले भन्नु भयो। चिया मग मा खनाएर आन्टिलाई मिल्यो भने बेलुकी चाँडै आउछु भन्ने आश्वासन दिदै घर बाट निस्केँ। बाटो भरि नै उहाँहरुलाइ नै सम्झिरहेँ। अब के गरेर बस्नुहुन्छ होला दिनभरि भनेर माया पनि लाग्यो। काममा पुगेँ, उहि पेलान, हेर्दाहेर्दै छ नै बजेछ। घर फर्के, ढोका खोल्दा त उज्यालो घर, कोठा मिलाएर चिटिक्क पारेको, खानाहरु पकाएर डाइनिङ् टेबलमा राखेको, अचम्म परेँ, आफ्नु घर नै होइन जस्तो। "आन्टी हजुरहरुलाइ नरमाइलो भो होला है आज? म छिटो निस्किन पनि मिलेन"--अप्ठ्यारो मान्दै आन्टीको मुखमा हेर्दै भने। " होइन छोरी हामी बुढा बुढी त्यतिक्कै गफ गरेर बस्यौँ, फिलिम रहिछ त्यो हेर्यौ, रमाइलो भैहाल्योनि"--सायद मैले आप्ठ्यारो मानेको आन्टीले थाहा पाउनु भयो होला। लुगा फेरेर आउछु भनेर आफ्नु कोठामा गएँ, ओछ्यान् मिलाएर राखेको, अलिकति ज्याल खोलिदिएको जस्ले गर्दा कोठामा सुस्तरि चियो हावा छिरेको, बर्षौ पछि आमाले आफ्नु कोठा मिलाएर राखिदिने गरेको याद आयो। थकित ज्यान आमा सम्झे।

कोठाबाट बाहिर निस्के, दुइटा सिसिमा गुलियो लप्सिको अचार देखेर थाहा पाएँ आन्टीले मेरै लागि भनेर नेपाल देखि लेराइदिनु भएको रहिछ मलाइ एक्दम् मन पर्ने भएर, कसैले मन देखि सम्झेर मेरै लागि भनेर लेराइदिएको खुशिको सिमानानै थिएन। खाना खायौँ अनि आन्टी सँग एक्छिन् कुरा गरेर बसेँ। उहाँहरुले मेरो कुराहरुको त्यस्तो खोजिनिति केहि गर्नु भएन खालि सम्झौनु भयो--"छोरी बाबाले कस्तो गर्भ गर्नु हुन्छ तिम्रो प्रगतिको, तिमी अझ पढ्दै रहिछौ आफ्नु लक्ष्य चैँ पुरा गर्नु पर्छ, मान्छेहरु कति बिचमानै बिग्रेको देखेकि छु" म उहाँको आखामा हेरिरहेँ, आमाको याद आयो अनि झर्सङ भए। मेरो उहाँहरु प्रतिको सोचाइ कति गलत रहेछ त्यो म बाहेक अरुले के नै अनुमान् लगाउन सक्थ्यो होला र? आन्टीले बाबा, आमा अनि भाईको खबर् सुनाउनु भो, म ति द्रिश्यहरुको कल्पना गरिरहेँ र आफु उहाहरुकै बिचमा भएको पाएँ। आन्टीले मलाइ सुम्सुमाउदै भन्नु भयो--"छोरी तिमीलाइ कति भ्यैनभ्यै रहिछ, आफ्नु खाना को चैँ खयाल राख्नु पर्छ है बा, शरिर भन्दा ठुलो केहि छैन"--उहाँ को शब्दहरुमा कति निस्वार्थ माया लुकेका थे, लाग्यो त्यो भावनाहरुलाइ समेटेर कतै जोगाएर राखौँ। धेरै पछि घर् परिवार सगँ बसेको अनुभब भो। यहाँ को एक्लो जिवनले आफुलाइ कति स्वर्थि बनाएको रहिछ, उहाँहरु त्यस्तो आफ्नु मानेर आउनु भएको रहिछ, मैले त्यस्लाइ बोझ माने। आफ्नु एक्लोपनमा हराउदा हराउदा आज परिवार् को मान्यता नै बिलिन भैसकेछ। कोहि घर्मा आउने भन्दा दिक्क लाग्ने भएछ आफु  बद्लिएको बल्ल थाहा पाएँ।
तेस्रो दिन काम बाट छिटो नै निस्के, उहाँहरु लाइ नजिकै सहर घुमाइदिए, एउटा देशिको होटेलमा खाना ख्वाएँ अनि घर फर्क्यौ। थाकेर चुर् भएका थियौ, फेरि बिहान उहाँहरुको छोरा लिन आउने त्यसैले सुत्ने तर्खर् भैहाल्यो।

भोलि पल्ट बिहान उठेँ, आन्टीको हात को चिया खाएँ अनि उहाँलाइ बाहिर साचो लुकाउने ठाउँ देखाइदिएँ। आन्टी आखाँ भरि आशुं गरेर भन्नु भयो--" छोरी तिमी राम्रो सँग बस, बाबा आमाको पिर नगर, हामी छदैछौनि केहि पर्यो भने गर्न, ", घरबाट निस्किदा मन् खिन्न भैरह्यो। दिनभरि नै नरमाइलो लागिरह्यो। मानमा  एउटा सन्नटा ले बास लिराथ्यो,  बर्षौ पछि बिउझे जस्तो, केहि नपुगेको जस्तो-- 

कस्तो सन्सार मा बाचिरहेको रैछु, सबै देखावोटि पाउदा पाउदा साचोँ माया नै बिर्सिसकेछु -- आफ्नु लक्ष्यको खोजिमा हिड्दा हिड्दा माया मोहको बन्दन बाट धेरै टाढा, म र केबल म मा पुरिसकेको-- न कसैको आश न कुनै त्राश--  कस्तो जिन्दागी? कसैको निस्वर्थ मायामा पनि सन्कोच--घरबाट निस्किदा कस्तो थिएँ?--दिन्भरी आफ्नु बद्लिएको भाव, देखावोटि समाज र मान्छेहरुको भिँडमा एक्लो र निरश जिन्दगीलाइ केलाइरहेँ र आफै सँग प्रश्न राखेँ--"के म मात्रै यस्तो हो? पक्कै पनि म जस्ता करोडौ छन होलान यो भिडमा हराइरहेको"--यस्तै कुराहरु सम्झे र कर्म क्षेत्रबाट निस्के--बाटा भरि आश लागिरह्यो--मेरो घर हिजोको जस्तै होस--घर जस्तो

"चाहेको जस्तो हुने भए, सोचेको जस्तो पाउने भए मान्छे किन दुखि हुन्थ्यो र?"---आफैलै थम्थमाउदै ढोका खोले--त्यहि अध्यारो घर गुम्सिएका कोठा---

Last edited: 21-Dec-07 10:40 PM

 
Posted on 12-28-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका, हामीले खालि ख्याल ठट्टा मात्र गरेका हौं झगडा होइन तर तिमीलाइ राम्रो लाग्दैन भने हामी पनि तिम्रो मन दुखाउदैनम् नि।


 
Posted on 12-28-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Thank you so much kancha and kalejo

 
Posted on 12-28-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika ji, another great story! the simplicity and the feelings of the story made me think about the normal life of a nepali living in US. Feels so real and touching. Hope, we will get chance to read some more. Thanks for sharing!  My appreciation!

wow.nepal

 

 


 
Posted on 12-30-07 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, timro katha malai sarai ramro lagyo, la feri feri pani yestai man chhune AMAZING  kathaharu lekhdai gara la... And yes, Happy New Year
 
Posted on 12-30-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा मार्मिक छ।दिपिकाजीको कथा विदेशमा एक्लो जिवन बिताउने नेपालीहुरुको एउटा उदाहरण हो।कुनै बेला मैले पनि यस्तै एक्लोपन जिवन बिताँको थिएँ।धन्यबाद दिपिका जि यो कथाले मलाई पनि ति दिनहरुको याद दिलायो।  


 
Posted on 12-30-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow.nepal jyu--Thank you so much for your kind words. Frankly saying I have seen people going through these situations so I decided to write this story. I am waiting to read your stories too. I enjoyed reading "nanu ma timilai dherai miss garchhu". Please Keep up the good work.

amazing--Thank you so much for your inspiring words. Hunchha , ma aru pani lekhne prayaash garchhu

sakura_blossom jyu--यो कथा मैले कति कुराहरु मैले आफैले भोगेर अनि कति मेरा साथिहरुले  भोगेको देखेर नै लेखेकी हुँ। आफ्नु समय निकाले र पढिदिनु भएको मा धेरै धेरै धन्यबाद।

Happy New Year!!!!

दिपिका


 
Posted on 12-30-07 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-30-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sis, हजुर् को मिठो मुसकानले त सबैलाई घायल पार्ला जस्तो छ।
 
Posted on 12-30-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपिका सिस,

उसोभा नो मुस्कान अब देखि खित्का छोडेर हास्छु। 

अनिखेरि के भन्छ त्यो के जाती खित्का छोडेर हास्छु अनि सप्पै जो डराम्च म सअ अनि कोइ पुनि घायल रोगी हुदैन अनिखेरि  त्यसरी हास्दा स्वस्थ र  राँउरो हुन्च  सप्पैलै जो

 जाओस नत अर्को कथा--  पाठकलाई खित्का छोड्न प्रेरित गर्ने खालको

Last edited: 30-Dec-07 11:41 AM

 
Posted on 12-30-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ सिस, अर्को चै खित्का नै छोड्ने प्रस्तुति प्रस्तुत गर्ने प्रयासमा छु म पनि
 
Posted on 12-31-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी, 
तपाइको लेखन शैली प्रशंसनीय छ, मैले अरू पनि कथाहरू पढेको छु तपाइको, तर समयको कारणले कमेन्ट गर्न 
नभ्याएको हो। अरू पनि लेख्दै गर्नु होला।
 
Posted on 01-08-08 5:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......

मन छोयो।।।।


 
Posted on 01-31-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great one dipika ji!! loved this too!!

 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
From Trump “I will revoke TPS, and deport them back to their country.”
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters