[VIEWED 45053
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 11-13-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
“छ्या गाडी थोत्रो रहेछ ! ” मनमनै सोचेँ । कोशि वारि बाटै टिकटको लागि भनेको थिएँ पारी बाट गाडिको चढाई भो । त्यो पनि नेपालगन्ज सम्मको यात्रा ! मैले नारायणगढ सम्म त्यो गाडिमा बाटो काट्नु थियो । साथिको बिहेमा हिँडेको ! उसको सुखमा म बुङ्गो यति दुख गरी गरी जाँदै थिएँ , मैले जाँगर र रहर पनि देखाएकै हो उसको बिहेमा जाने ! कोहि कोहि ठिकै भन्छन् फुच्चे मुडि छ । साँचो हो यथार्थको धरातलमाँ जस्ले भावना र सम्बन्धलाई महत्व दिन्छ उ सनकि नै हुन्छ एभरेज भिँडको अघि । साँचो कुरा त दुनियालाई मेकानाइज्ड लाईफ मन पर्छ मेरो सनक र मुड भन्दा ! मलाई पनि उनिहरुलाई गलत साबित गर्ने रहर छैन , मेरो जिवन मा अरुको सुझावको लागि ठाउँ छैन । “कहाँ सम्म हो ?” मेरो तन्द्रा भंग भयो । आवाज माला चुँडिएर मोति भुईमा खसे जस्तै थियो । मैले आवाजको भौतिकता नियाँले । अनुहारमा अघि चुँडिएका मोतिको दिप्तता थियो भने केश त्यहि मोति चुँडिएको रेशमि डोरी ! स्विटर माथिको गुलाबि ओढ्ने ले जोरले उनलाई कसेको हुनुपर्छ किनकि उनी पक्कै पनि छोड्न मन लाग्ने थिइनन् । शायद फुच्चेलाई यहि भएर नेपालगन्ज सम्म जाने झोँक चलेको रहेछ , आज भने फिल्मी ( बेगर विद द प्रिन्सेस) यात्रा हुने भयो । मनमनैँ सोचेँ । “यो गाडिमा त नारायण गड सम्म जाने हो !’ मैले उसलाई नियाल्दै भनेँ । गाडि बिस्तारै घ्यार घ्यार गर्दै चलायमान भयो । तर उसलाई नियाल्दा मैले आँखा यता उता चलाउने पनि फुर्सद पाएको थिईन ।
“नारायण गढ कति बजे पुगिएला ?”
“बज्ला बिहानको दुई तिन !” “तँपाई त्यहिँ सम्म जाने हो ?”
“होइन नेपालगन्ज ।“
“हो र ! म पनि नेपालगन्ज नै जाने हो त , साथि हुने भइयो ।“ उ खुशि देखिई ,तर म ठोकुवा गरेरै भन्न सक्छु उसको खुशि भन्दा मेरो खुशि हजारौँ गुना ज्यादा थियो । “तँपाई पनि नेपालगन्ज जाने हो ?”मैले आफ्नो खुशि कन्फर्म गर्न फेरि पनि सोधेँ । “हो तर तँपाईले मलाई तिमी नै भने पनि हुन्छ । At least I have to get some liberty of being younger !!!!!!!! मेरो नाम चाहिँ सुधा हो , सुधा भनेर बोलाए पनि हुन्छ । ” उसले मुस्कुराउँदै जवाफ फर्काई । अघिका सम्पुर्ण गुणलाई परास्त गर्ने त उसको मुस्कान रहेछ ।मन फुरुङ्ग भएर आयो ।म आफ्नो खुशी लुकाउन झ्याल बाट बाहिर नियाल्न थालेँ ।दुनियाँ चलायमान थियो ,मैले बिस्तारै दुनियाँलाई भनेँ
“हेर तँ भन्दा पनि मेरो जिवन चलायमान छ ।“ जब मैले बाहिरबाट ध्यान हटाएर उ तिर आँखा फर्काए । उ केहि खुला पानाहरु पढिरहेकि थिई । प्रिन्ट सानो थियो मैले राम्ररि नियाल्दा पनि ठम्याउन सकिन । “साझा पढ्ने गर्नु भाको छ ?त्यसैको एउटा कथाको प्रिन्ट हो ।”
उसले मैले उसले पढ्न खोजेको कुरा देखिछ क्यार ! मुटु एक चोटि बुरुक्क उफ्रियो ,अब कुरा अगाडि बढाउन अफ्ठ्यारो पक्कै हुनेछैन । मैले भगवान लाई धन्यवाद दिन एकचोटि माथि हेरेँ किनकि जब धेरै कुराहरु एकैचोटि मिलेर आउँछन् विश्वास गर्न पनि डर लागेर आउँछ ,कतै झल्याँस्स बिउँझिइने पो हो कि भनेर ! “थोरै थोरै पढ्ने गर्छु ,कस्को कथा हो त्यो ?”
“Somewhere on the earth!!!”
“Lucky सोम दाई , मेरो नाम किन आएन! “मैले मनमनैँ सोचेँ ,फेरि सोचेँ मान्छे साँचै असन्तोकि हुन्छ स्वभावैले ,यति सबै भइसक्दा पनि म त्यो कथा पनि मेरै होस् भन्ने चाहिराखेको थिएँ ।
“तिमीले फुच्चेकेटो को कति कथा पढेकि छ्यौ ?”
मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न गरेँ । म मेरो नाम आउँदा उसको मुहारको परिवर्तन नियाल्न चाहन्थेँ । “सबै कथा पढेकि छु दुइटा कथा अधुरा छन् उसका ,किन?” “त्यो फुचेकेटो म नै हुँ ।“
क्रमश:
Last edited: 13-Nov-08 09:11 AM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-16-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो कति छिटो अघि बढेको कथा पनि। लौ लौ अझै बढौं अगाडि।
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 12-17-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bisteji ,bhauutakaji- thanx, सामिप्यताको वर्णन भावनामा चुर्लुम्म डुब्नेहरुले बुझ्छन् त्यसकारण मेरो लेखाई भन्दा तँपाईहरुको बुझाइ बरिष्ठ लाग्छ मलाई त ! gogol- धन्यवाद ,कथा आजै आउला।।।।।hey buddy ...dont take ur studies lightly........पढ्ने बेलामा राम्ररि पढ्नुपर्छ हे हे हे।।।। ctal,chipledhunga -thanx ,ok i m moving now hai.........!
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 12-17-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दश दिन पछि, कामको चापचाप बिचमा पनि सुधा मेरा सपनीहरुमा हर रात आइ नै रही र दिउँसो फोनमा गुनगुनाई नै रही र एउटा शाश्वत सत्य उ सपनीहरुमा पनि मेरो पहिलो भेटको बिपनीमा जत्तिकै राम्रि देखिन्थि , आकाशबाट उत्रेकी परी जस्तै , र फोनमा पनि उ उत्तिकै मधुर सुनिईन्थि पहिलो वार्ता जस्तै एनटिसिका तमाम नेट्वर्क प्रोब्लेमहरुलाइ थाति राखेर पनि !!!!!!!!!!! काम भने आफ्नो सात दिने सनकिको बिदा पछि ब्यस्तताको पराकाष्ठामा पुगेको थियो ,बोझ माथि बोझ बोझ माथि बोझ थपिए जस्तो ,मलाइ कहिले काहिँ आफ्नो काम प्रतिपनि चित्त बुझ्दैन जब म आफ्ना कामका प्रक्रिति लाइ नियाल्ने गर्छु ,सामाजिक शिक्षा दिने क्रममा म मेरो प्राविधिक शिक्षा प्रति न्याय गरिराखेको छैन कि जस्तो लाग्छ कहिलेकाहिँ मलाई !!! कमसे कम मैले ईन्जिनियरिंग गर्दा धनकुटेलि जनतालाई साबुन पानीले हात धुनुपर्छ ,सँधै शौचालयमात्र दिसा पिसाब गर्नु पर्छ भन्ने शिक्षा दिनुपर्छ भन्ने चाहिँ सोचेको थिईन । मोबायलको रिंग टोन बज्यो ,कसैले मलाइ सुझाव दिएको थियो राष्ट्रिय गित लाई रिंग टोन बनाएर हलुका बनाउनु हुन्न भनेर ! त्यो दिन देखि म यो रिंग टोन चेन्ज गर्छु भनेर सोच्छु तर जब रिंग बज्न छोड्छ म फेरि बिर्सिन्छु रिंग टोन चेन्ज गर्नु छ भनेर ,यसो मोबायलको स्क्रिन हेरेव ,सुधाको रहेछ । मन त्यसै त्यसै उडे जस्तो हुन्छ जब जब सुधाको फोन आउँछ । सँधे जस्तै आज पनि कुनै गम्भिर टपिक्स थिएनन् तर पनि गफ त्यसै त्यसै लम्बिरह्यो ।उसको अफिसको काम सिध्धियो रे त्यसै भएर फोन गरेको रे ,यो कल गर्ने कारण हो भने संसारमा प्रत्येक किनमा कारण हुन्छन् ।बिराटनगर को पानी पुरि र माखनभोगको भेज मम खान एक चोटि बिराटनगर आउने निमन्त्रणा पनि उसले कुरै कुराको विचमा दिई , उसले भेजेटेरियन आइटमहरुको एक हफ्ता सर्भे गरेर सबैभन्दा मिठा कुराहरु पत्ता लगाएकी रे ,उ मेरो लागि जे होस् चिन्तित छे भन्ने त थाहा भयो , मैले क्यालेण्डर हेरे आज बुधबार थियो ,आज अफिस छोडेर जानु एउटा अर्को सनक हुन्थ्यो ,त्यो एफोर्ड गर्ने क्षमता म मा थिएन मैले शुक्रबार बिराटनगर आउने वाचा गरेँ । मन हलुका भयो जब सुधाको फोन आयो ,कामको स्ट्रेस पनि कता कता घटे जस्तो लाग्यो । कम्प्युटरमा पर्सिलाई चाहिने टेण्डर डक्युमेण्ट बनाउँदा बनाउँदै अचानक मलाइ दिमागले फ्ल्यासब्याक मा लग्यो जति खेर सुधा र म पहिलो चोटि भेटेका थियौँ " के गर्छौ तिमी?" " साझामा तिम्रा कथाहरु पढ्छु ।" " मैले त्यो बाहक सोधेको !" " मास्टर्स गर्दै छु बिराटनगरमा त्यो बाहेक पढाउँछु पनि !" उसले मलाई पछि नेपालगन्ज आफ्नो अफिसको सिलसिलामा आएको भनेकी थिइ ,अहिले पनि अफिसको काम सिध्याएको कुरा गरी ,बिराटनगरको कुनै स्कुलको पार्ट टाईम टिचर ,अफिसको कुन कामको सिलसिलामा नेपाल गन्ज पुगि त ?मैले उसको रुप उसको लावण्यमा भुलेर ति कुराहरु जोड्न बिर्सेछु । मलाइ सुधाका कुरा हरु थोरै एक आपसमा बाझिए जस्तो लाग्यो अहिले भने ,,,,,,,त्यसो भए के सुधाले मलाई ढाँटी त त्यसो भए ? त्यस्तो त नहुनु पर्ने किनकि तिन दिन मैँ उसले मलाई आफ्नो सर्वस्व दिएकि छे । मेरो मन भारि भएर आयो , मैले कम्प्युटर बन्द गरेँ । मलाइ किन त्यसै त्यसै आशिषजिलाई सुधाको बारेमा सोधौँ जस्तो लाग्यो ।आशिषजि पनि इटहरिको मेरो अफिसको सहकर्मि हुनुहुन्छ ।हुन त आशिषजिको घर र सुधाको घर टाढा टाढा पनि हुनसक्छ ।तर पनि आशिषजी धेरै पाको मान्छे हामी भन्दा अनि इँटहरिको बासिन्दा चिनिने पो हाल्नु हुन्छकि भन्ने मेरो आशा थियो । "सर बस्नुहोस् न " आशिषजि ले आफ्नो कामको फायल एकातिर सार्दै भन्नु भयो ।आशिषजिको यो बनि मलाई मन पर्छ वहाँ आफ्नो कामलाई भन्दा आफ्ना सम्बन्ध हरुलाई महत्व दिनुहुन्छ ।हुन त कार्यालयको कामको लागि भने त्यो राम्रो नहोला किनकि सम्बन्दहरुलाइ समय दिँदा कामहरुलाई फुर्सद नहुन पनि सक्छ ।
"एउटा कुरा सोधौँ है सर !" 'सोध्नुहोस् न !" "तँपाइ सुधा शर्मालाई चिन्नुहुन्छ ,ईटहरिकै हो !" आशिषजिले म चिन्छु त ,सारै राम्री शिलस्वभाव कि छिन् भन्नुहोस् भन्ने मेरो चाहना थियो 'ईटहरि कहाँ?" "त्यो त थाहा भएन " "सरले ईँटहरिलाई कति सानु सोच्नु भएको !" मेरो चाहना पुरा नभइरहेको संकेत आइरहेको थियो त्यतातिरबाट भनेँ "होईन सर नजिकै हो भनेर ,डिग्रि को स्टुडेण्ट हो बिराटनगरमा ,पार्ट टाइम टिचिंग पनि गर्छिन रे " मैले फेरि सुधालाई चिनाउने असफल प्रयास गरेँ पार्ट टाईम टिचर भनेँ मैले बिस्तारि भनेको थिएँ । 'होईन सर बिवाहको प्रस्ताव आयो कि के हो ?' शालिन मुस्कानका साथ आशिषजीले मलाइ जिस्काउनु भयो । "होइन एक जना साथिलाई चाहिएको भएर !'शायद ढाँट्नु त्यति बेला आवश्यक थियो । 'सरि सर मलाई थाहा भएन ,कता घर रहेछ बुझ्नु न त्यसपछि को बुझ्ने जिम्मा मेरो भयो !" मैले सान्त्वना खोजेको थिएन तै पनि टाउको हल्लाएव अनि बाहिर नस्किएँ ,सुधा लाइ बिराटनगरमैँ सोध्नु पर्ला आफ्नो चित्त बुझाउने अन्तिम सल्लाह आँफै लाई दिएँ । आशिषजि फेरि आफ्नो फायल तिर फर्कनु भयो ।
क्रमश;
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 12-17-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ फुच्चे ले त आफ्नो कथाको उपयोग गरेर सर्बस्व लुट्न पनि जानेको रहेछ त J/K है रमाइलो गई राखेको छ, तर एउटा कुरा चाँही लाइराखेको के भने फुच्चे लाई ३ दिनमै पागल बनाउने सुधामा के जादु थियो हँ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-17-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे ज्यु चाडै आउनु भएको मा धन्यवाद। अरु केही हैन,१० दिन नभेटेर दिमाग ले धेरै कुरा सोच्ने मौका पाएर मात्र हो। लौ पर्सी शुक्रबार गैहाल्नुस् अनी सबै कुरा क्लियर गरेर आउनुस्। अली छोटो भयो प्रभो। अर्को भाग को प्रतिक्ष्यामा।
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-17-08 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Manoj le bhane jasto 3 din ma love, 7 din ma tragedy hune ta hoina fuchche som ko? Katai "Sudha" fake identity ta hoina? Itahari ghar bhayeko bhanera gharai nabhayeko, Biratnagar ma master's paddaichhu bhanera master's ta ke bachelor pani nagareko, School ma part-time padauchhu bhanera kamai nagareko,..... Sudha le mohani ta lagai, aafai bhagna ber chhaina darayera, jhuth bolnu boli jasto po chha ta ho. I hope I am wrong and Sudha is really a nice and honest girl made for fuchche, though. Maile bhanera nahune, remote control fuchche ko hat ma chha, fuchche le katha jata bangyayo utai banginchha, ani ke garnu.
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ फुच्चेजी कुरा त साँच्ची नै बाझियो नि। कुरा क्लेअर गर्नु पर्यो छिटो। बिराटनगर झरिहालूँ, अझ बाटोमा इटहरीमा पनि रोकिए हुन्छ अनुसन्धानको लागि। अपडेट चाँही छिट्टै पस्कम् है।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-18-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती पटक भन्नु खोइ यस्ता पाका कुरा लेख्ने मान्छेको नाम " फुच्चे" हुनुभएन भनेर ??? जे होस् कथा राम्रो छ, सधैं जस्तो ।। अली छिटो छिटो पढ्न नि पाये हुन्थ्यो भन्ने आशा मा छु म पनि
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 12-19-08 2:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई दिन पछि,
बिराटनगर ।
बिराटनगर गर्मि चरक्क चर्किन थालेको थियो , सुधाले मलाई डिग्रि क्याम्पस अगाडि बोलाएकि थिई । डिग्रि क्याम्पस मैले जहाँ सम्म को बिराटनगर देखेको छु मलाई सबै भन्दा अपायक ठाउँ लाग्छ । बस्ति कतै पनि नभएको निरस र त्यसमाथि प्रतिक्षा निरसता को घनत्व बढाउँदै थियो ।
आईएससि पढ्दाका बिराट साईन्सको स्पोर्ट्स विकका क्रिकेटका केहि यादहरुलाई घुमाउँदै म सुधाको बाटो हेरिरहेँ । सुधा सँग सोध्नुपर्ने प्रश्न अझै म सँगै थियो । मेरो यो अविश्वास को भागि म मात्र हुँ सुधा मैले सोचे जस्तै निश्चल निष्कपट निस्कियोस भन्ने मेरो चाहना थियो ।
गेट बाहिर निस्किँदै गरेकी सुधालाई मैले परै बाट चिनेँ । सुधा ले हाफ टि-सर्ट र मड वाश्ड जिन्स लगाएकी थिई तर आज मेरो अविश्वासको बादल लागेर होला मैले सुधालाई पहिलो भेट जस्तो उज्यालि भने देख्न सकिरहेको थिईन ।
"भेट्नलाई कस्तो ब्याकुल ईन्जिनियर साब !"उ हाँसि मैले उसलाई साथ दिएँ ,अथवा भनौँ म उसलाई शंका गरिरहेको देखाउन चाहन्नथेँ ।
"तिमी आज स्कुल गएनौ पढाउन ?"
"आज क्लास थिएन ,बिहान थोरै अफिसको काम थियो ,त्यता चाहिँ गएँ !"
"कुन अफिस !"
"तिमीलाई थाहा छैन र ?" उसले सँधै आश्चर्य चकित भएर मलाई हेर्दै भनी ।
"मलाई के थाहा तिमी खालि अफिसको काम भन्छौ ,कुन अफिस कहाँ भन्यौ र ?म त स्कुल र अफिस एउटै होला भन्ने सोचेँ नि !"
"हरे।।।।।।।।।। कोहि स्कुलको काममा नेपाल गन्ज पुग्छ ? "
"त्यो त मैले सोच्दै सोचिन नि !"
अब मन हलुका भइसकेको थियो मलाई उसको अफिस उसको पार्ट टाईम टिचिंग अलग रहेछन् । उ दुवै काम गर्दी रहिछ भन्ने बित्तिकै मैले त्यो कुरा ज्यादा कोट्याउनु मेरो निम्ति जरुरि थिएन ।
"एम्नेष्टि ईन्टरनेशनलको नाम सुनेका छौ !"
"मानव अधिकार सम्बन्धि काम गर्छ हैन !"
"त्यसैमा हो !"
मैले बुझे जस्तो गरेर टाउको हल्लाएँ तर त्यो टाउको हल्लाई मेरो दुई दिनको स्ट्रेस रिलिफ गराउने खाले थियो ।
"कहाँ जाने त ?"
मैले बाईक स्टार्ट गर्दै भनेँ ।
"मैले तिमीलाई माखन भोगको भेज मम भनेको थिएँ हैन ?"
"तिमी पनि भेज नै खाने त ?"
"तिमीलाई पो नन भेज खान हुँदैन त ,मलाई त भेज चलिहाल्छ नि !"
"के को ट्रिट हो ?"
"घर आया मेरा परदेशि प्यास बुझे मेरे अँखियन कि !"
साँच्चै उसमा बिराटनगर छिरेको छ ।
महेन्द्र चोक को महेन्द्रको भत्केको सालिक छिचोल्दै हामी अघि बढ्यौँ । बिराटनगरका अलि धेरै नै नातेदार हरु पनि हुनु भएकाले यता उता ले देख्लान कि भन्ने पिर थियो । आखिर म सुधा जस्तो स्वच्छन्द स्वभावको त पक्कै पनि थिईन , मेरा आँखा यता उता गरि नै रहेका थिए ।
"मलाई कहिले काहिँ बितेको एक महिना सपना जस्तै लाग्छ ।" सुधाले मोमो अर्डर गर्दै भनी ।
"मलाई पनि !"
"थाहा छ मलाई ,तिमीलाई कस्तो लाग्छ भनेर !"
म झसंग भएँ के उसलाई थाहा थियो म उसलाई शंका गर्दै थिएँ अघि भनेर ! यदि उसलाई थाहा भएको हो भने सुधा मैले सोचे भन्दा हजारौँ गुणा चलाख छे ।
"के थाहा छ तिमीलाई ?" मैले आफु सम्हालिदै सोधेँ ।म उसकाई आफ्नो डिस्कम्फर्ट लुकाउने भरमग्दुर प्रयास गर्दै थिएँ ।
"फोन गर भन्नलाई पनि मिस्ड कल गर्नु पर्ने केटो पाईएको छ ।"
मैले सोचे जस्तो होईन रहेछ ।
म मात्र हाँसे जब सुधा मलाई आरोप लगाईरहेकी थिई । भेज मम टेबल मा आईपुग्यो । एकछिन सुधा त्यसमैँ ब्यस्त देखिई ।
"अब कता कोठा छ देखाउने म्याडम आई विल ड्रप यु !"
"ड्रप यु भन्नाले !"
"तिमीलाइ पुर्याएर म ठुलोआमाको मा जान्छु यहिँ छ वहाँ को घर !"
"कति सजिलो ,खुरुक्क न हिँड्ने आज मैँ सँग बस्ने , एक्लै छु क्या आज अनि एक्लै मलाइ एकदम डर लाग्छ एक्लै ।"
उसको आँखामा अनौठो चंचलता देखियो ।मलाई थाहा छ उसलाई एक्लै किन डर लाग्छ भनेर ! सुधालाई किन दुनियाँ को समाजको डर छैन ! नेपालगन्जको घटनाको उसलाई थोरै पनि डर लागेको रहेनछ उसलाई ! मैले बाईक स्टार्ट गरेँ उ पछाडि बसी !
"के भन्छन यार छेउछाउका ले ,को हो भनेर सोध्यो भने के भन्छौ ? "
"छोड यि सब कुरा ,या त नेपालगन्ज एउटा गल्ति थियो भन ,या म सँग भन ,गल्ति अरुको आँखा बाट हैन आफ्नो आँखा बाट हेर्नु पर्छ ।यु आर टु कन्जर्भेटिभ ! "
मैले सुधाको कुरा मान्ने पर्ने भयो आज पनि तर वास्तविकता मा आज भने मलाई उ सँग रात गुजार्न मन थिएन । उसले मलाई धेरै कुरा सोच्न फेरि बाध्य तुल्याई । एउटा अविश्वासको खाल्डो बाट भर्खरै सकुशल फिर्ता भएको म फेरि अहिले अर्को अन्तर्द्वन्दमा परेको छु । जसको बारेमा म सुधालाई बताउन सक्दिन र अरु सँग शेयर गर्नुको औचित्य छैन ।
मलाई लागेको थियो नेपालगन्जमा हामीले हतार गरेका थियौँ सम्बन्धलाई एउटा सिँढि चढाउन ।त्यो एक मानेमा गल्ति नै थियो ।तर सुधा त्यो गल्तिलाई माया सम्झेर दोहोर्याउन तेहेर्याउन चाहन्थि !
के मायामा निषेध हुँदैन त त्यसो भए ! उ कुन स्वरुपमा मलाई चाहन्छे त ? उसका र मेरा बिचार हरु ,पढाई देखि लिएर स्ट्याटस सम्म कम्प्याटिबल छन् तर उ किन भौतिकता ,एउटा क्षण को पछि दौडिरहन्छे त ! मनोज ले भने जस्तै यो सात दिने हो त ? र आठौ दिनको फैसला सुधाले नै गर्ने हो त ?अनि अन्तिम र मलाई डर लागिरहेको प्रश्न के सुधा सँग नजिक आउने क्रममा म टाढिँदै जाँदै छु त ,र त्यो टाढिनु चाहिँ ठिक छ कि नजिकिनु ठिक थियो ?
क्रमश:
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-19-08 7:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि अन्तिम र मलाई डर लागिरहेको प्रश्न के सुधा सँग नजिक आउने क्रममा म टाढिँदै जाँदै छु त ,र त्यो टाढिनु चाहिँ ठिक छ कि नजिकिनु ठिक थियो ?
चुम्बकिय बिकर्शन हुन थालेछ "म" पात्रलाइ, यदि सुधा आफै टाढिन खोजेको भए "म" नजिकिन्थ्यो होला शायद।
सुधाले फुच्चेलाइ टुनामुना गर्या जस्तो छ।
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-19-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau fuchche, arko bhag paskeko ma dhanyabad. shanka kahile kahi swobhabik nai hunchha, pheri keti manchhe lai chhinnai garyo hunchha bhanchhan. khai ke khai ke!
|
|
|
Gogol
Please log in to subscribe to Gogol's postings.
Posted on 12-19-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fucheketo,
Still going well... comment lekhna matrai bhyako thiyina... aba exams sakiyo...
I hope to read more.. get going...
GOGOL
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 12-20-08 4:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
stat-सुधा मा केहि हुनै पर्छ नभएको भए राम्रोमा नराम्रोमा दिमागमा खाली उ मात्र घुमिरहन्न थि होला है ? बिष्टेदाई ,चिप्लेढुंगा -म बिराटनगर पुगिसकेको भाग आइसक्यो है! ctal हो भन्या केटी मान्छे चिन्नै गारो हुन्छन् तर अझै पनि कथा कसरि अघि बढाउने रिमोट त मेरै हातमा छ नि ! चेलि खालि नाम चेन्ज गरौँ मात्रै भन्ने नाम चाहिव सजेष्ट नगर्ने अनि कसरि हुन्छ त ? क्रेजि मोरिको अनुहार देखेर टुनामुना गरी भनेर पत्याउन पनि गाह्रो ! gogol -thanx,will try to post the next episode soon!
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 12-21-08 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुधा मेरो छाति माथि ढेसिइ रहँदा उसको ध्यान संसारभरिका अरु कुनै विषयहरुमाथि पनि थिएन होला ! होस् पनि कसरि ?त्रिप्तिको पहिलो प्रहार ध्यानमाथि हुन्छ । भरखरै अघाएको मान्छेलाइ खानाको के ध्यान ? तर म भने त्यहि चौतारिमा अड्किरहेको थिएँ जुन चौतारिमा सुधाले मलाई हिजो बेलुकि सहि र गलतको फैसला छुट्याउन छोडेकी थिइ ।त्यसपछि देखि त त्यो सम्पुर्ण रातभरि सुधा जति जति मेरो शरिरमाथि आधिपत्य जमाउँदै गई उति उति मेरो आत्मा सुदाको नैतिकतासँगको अन्तर्द्वन्दमा फस्दै गयो । यहाँ सम्मकि बिहान हुँदै जाँदा म सँग सन्तुष्ट भएर कहिल्यै नछुटु जस्तो गरी बेरेको उसको अंगालो र उसले मेरो छातिमा लागेको ढेसाइ सँग पनि म ईर्ष्या गरिरहेको छु । म माया चाहन्छु र उसको भौतिक सामिप्यता पनि तर त्यो भौतिकता मायाको एउटा गहिराहि पछि मात्र प्राप्त गरिनुपर्ने हो मेरो बिचारमा जुन मेरो दुर्भाग्य बनौँ मेरै सन्दर्भमा भइरहेको छैन ।किन उत्तर म सँग छैन ! धत यस्तो पनि हुन्छ काहिँ ?जुन सुधालाइ मेरो मन र मेरो शरिरले आफ्नो ठान्दै छ त्यहि सुधा सँग मेरो आत्मा र मेरो मष्तिष्क द्वन्द रत छ ! त्यसो भए मेरो लँडाइ को सँग त ? मैले निष्कर्ष निकालेँ पक्कै पनि मेरो लँडाइ सुधा सँग भई रहेको छैन त्यसो भए ,यो लँडाई मेरो आफ्नो हो म आफैँ सँग को लँडाइ हो यस्मा जित पनि मेरै र हार पनि मेरै हुनेछ । यहाँ सम्म कि जितको खुशियालि मनाउने कि हार भएको भनेर निरस रातहरु बिताउने त्यो नतिजाको जिम्मा पनि मलाइ नै छ ! 'के सोचिराखेको ?' सुदाले मेरो छातिलाइ आफ्ना लामा लामा अनि कमला औँलाले सुम्सुम्याउँदै भनी । "केहि हैन !'मैले आफ्नो अन्तर्द्वन्द सुधा सँग लुकाएँ । "मुड अफ छ नि !!! रातमा शारिरिक श्रम गरेपछि सबै केटाहरु यस्तै हुन्छन् कि तिमी मात्रै यस्तो हो ?" सुदा हाँस्न थालि ! 'मलाइ के थाहा ?न मेले अहिले सम्म अरु कसैलाई सोधेको न तिमीले नै कसैलाइ सोधेकि छेउ होला !"मैले पनि आफु भित्रका कुण्ठाहरु लुकाउँदै उसलाई मुस्कुराउँदै जवाफ फर्काएँ ,कठोर जवाफ दिनलाइ त्यतिखेर मुस्कुराउनु जरुरि पनि थियो शायद !!!!! के उ यि सब कुरा सोधेर तिमिसँग मात्रै मेरो अहिले सम्मको सारिरिक सम्बन्ध भएको हो भनेर देखाउन चाहन्छे ? उ त्यसैको भोको भएर हिजोको रातमैले उ सँग गुजारेको छु ,अहिले उ ाफ्नो पवित्रता सिद्ध गर्न चाहन्छे । साँच्चै हो स्त्रि चरित्रको कुनै विश्वास हुँदैन ।मैले सुधालाइ चाँडो विश्वास गरेँ ।अब सुधा मेरो विश्वासको कसिमा खरि उत्रिन्छे कि उत्रिन्न मैले बुझ्नै पर्छ । यो मेले आफ्नो आँकाले हैन अरुको आँखाले हेर्नुपर्छ किनकि आफ्नो आँखा बाट त म सुधालाइ जहिल्यै निश्छल निश्कपट ने देख्नेछु । मैले सुदाको बारेमा केहि न केहि कसै न कसैलाइ बुझ्न लगाउने पर्छ ।हो मलाइ एकदम कम नै थाहा छ सुदाको बारेमा र अरु नै स्रोतबाट सुधाको बारेमा बुझ्नु मेरो गल्ति हुनेछैन ! फेरि मेरो मनको अर्को पाटो बोल्यो ,मेरो मन किन यस्तो सोचिरहन्च सुदाको बारेमा ?मलाइ त्यति नै खेर चिटचिट पसिना ाउन लागेको भान हुवदै थियो । मान्छे हरु यसरि नै पागल हुवदै जान्चन् होला ! मलाइ चिच्याउन मन लाग्यो सुधा प्लिज तिमि यस्तो हभिब्यक्ति नदेउ जसले मलाई तिमिलाई शंका गर्न बाद्य तुल्याओस् ।तर समयको माग वा मेरो बिवशता मेरो चिच्याहट कतै कुनै कुनामा गुम्सियो "सुधा तिम्रो घर इँटहरिमा एक्ज्याक्ट कहाँ अरे ?" "बिपि चोक मा हो ,किन ?' "त्यत्तिकै !' "कि माग्न ाउने बिचार गर्यौ ?कसैले उडाइदेला भन्ने डर पनि छैन ,अब त के को हतार तिमीलाइ ?' "तिम्रो बारेमा त्यति पनि जान्ने हक छैन त मलाई ?' "छ बाबा अब नरिसाउ न !' हुन त म धेरै झर्किएको थिइन तै पनि सुदा सम्हालिइ । "चोक मेँ हो ?" 'चोकबाट पश्चिम रातो चाईनिज इवटाको तेस्रो घर ! भित्र कुकुर पालेको छ ,चोरि जिस्काउन आउनेलाइ भनेर ड्याडिले !' सुधा हाँस्न थाली ! म भने अब आशिषजीलाइ ठेगाना दिनुपर्ला सुधाको भनेर सोछ्न थालेँ । आखिर पाका मान्छे हुन् मलाई जे भन्छन् राम्रै नै भन्छन् । मनलाइ ढुक्क बनाएँ सान्त्वना दिएर ! सुधा बिस्तारि जुरुक्क उठि ब्ल्यांलेट हटाउँदै ! उ निर्बस्त्र थिइ तर न आकर्षं न बिकर्षण पैदा भयो मेरो मनमाँ ! किन मेरो जीवन निरस हुवदैछ यति धेरै रंग एक्कै चोटि क्यान्भासमा पोखिदा पनि ?मेलले आफ्नो आँखा हटाएँ ,सुधा किचन तिर लागी ! "चिया कि कफि ?'किचन भित्रै बाट आवाज आयो । 'कफि ने बनाउ न त !'मैले पनि उठ्दै धनकुटा तिर लाग्नर सुर बनाउँदै लुगा लगाउँदै जवाफ फर्काएँ 'कति हतार भएको इन्जिनियर साहबलाइ ्' सुदा हडेस लागेर मलाइ नै नियाल्दै रहिछ । परै बाट थहा भएन तर नजिकै आउँदा सुदाको आँखा रसिलो थियो । म सँग छुट्टिने पिरले होला ! हे भगवान मलाइ माफ गर यदि सुधालाई मैले मेरो सोचको कपटतार दरिद्रताले दोषि देखेको हुँ भने र मलाइ सहि गलत छुट्याउने शक्ति देउ यदि सुदा दोषि नै भए पनि उसको रुपको भ्रमले ढाकिरहेको छ भने!!!!!!!!!!!!!!!!!११ क्रमश;
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 12-21-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
la hera, biha garnu kaha ho kaha, fuchche som le ahilai bhyaisakya?? keti aafai fuchche u kahai raat basos bhanne chahanchhe, ani sangai sutna lai pani kehi garyo chhaina; ani shanka ta lagne nai bhayo pravu. tara keti ko barema jati bujhna khoje pani purai past bujhna sakine hoina kyare; ani usko sabai past bujhna sake pani usko ko man ra mastiska bujhna sakine hoina kyare. fuchche bro dharma shankat ma parnu pare jasto chha.
|
|
|
shantee
Please log in to subscribe to shantee's postings.
Posted on 12-21-08 8:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fucheketo jee plz ending chahi feel good hos hai ,, thanx
|
|
|
Gogol
Please log in to subscribe to Gogol's postings.
Posted on 12-21-08 11:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Fucheketo,
I wish I could write like you... good story... keep on posting... eargerly waiting for anothe episode!
GOGOL
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 12-22-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i don't blame u 4 watever u r thinking about sudha. its obvious. and i don't think its love, some sort of infatuation may b btw, i think manoj predict the essence of this story. personally, i'm not expecting happy ending correct me if i'm wrong
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-22-08 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुच्चे सार्है दोधारमा परे जस्तो छ। भनिन्छ नि, पुरुषको भाग्य अनि स्त्रीको चरित्र दैवले पनि बुझ्न सक्दैनन् भनेर। लौ लौ, अनुसन्धान अघि बढाउनु पर्यो। धनकुटा फर्किंदा सुधाले दिएको ठाउँतिर पनि यसो बाइक मोड्ने हो कि इटहरीबाट सीधा माथि लाग्नुको सट्टा? लौ आशिषजीसँग पनि कुरा बुझौं। कथाको शीर्षक पनि रहस्यमय नै छे के। झट्ट हेर्दा मनोजको बिहेमा जाँदा सुधासँग भेट भएको भए पनि त्यसपछि खासै उसको भूमिका होला जस्तो त देखिंदैन। कथा अघि बढ्दै जाँदा जिग्यासा पूरा हुने आशा गर्दछु। बिपी चोक भनेको इटहरीको मुख्य चोक हो कि अरु नै कुनै हो? सँधै इटहरी चोक भन्ने सुनिरहेकोले सोधेको के। अर्को भागको प्रतीक्षामा।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-22-08 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फुचेकेटो जि, कथा त रार्मो सँग दौडीरहेको छ, सधैं जस्तो। म पनि अर्को भागको प्रतीक्षामा।
|
|