[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तिमी कहिले विदेश जाने?
[VIEWED 3893 TIMES]
SAVE! for ease of future access.
Posted on 11-28-24 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरिमा श्रेष्ठ।


‘तिमी कहिले विदेश जाने?’ यो प्रश्न हिजोआज मैले जस्तै मेरो उमेर समूहका धेरैले सामना गर्नुपरेको छ।

मैले हालसालै १२ कक्षा सकेर काठमाडौंको माइतीघरमा रहेको सेन्ट जेभियर्स कलेजमा स्नातक तह प्रथम वर्ष पढ्न थालेकी छु।

तर मेरा धेरै साथीहरू अहिले विदेश जाने तयारीका लागि विभिन्न भाषा कक्षा लिइरहेका छन्। केही त विदेश गइसके भने केही तयारीमा देखिन्छन्।

मसँगै कक्षा १२ पास भएर कलेज भर्ना भएका साथीहरू पनि विदेश जाने कोसिस गरिरहेकै छन्। प्राय: हरेक महिनामा म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोही न कोही साथीलाई बिदाइ गर्न पुगिरहेको हुन्छु।

साथीहरूले पनि फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा साथीहरूलाई  विमानस्थलमा बिदाइ गर्दाका फोटो राखेर शुभयात्रा लेखिरहेको देख्छु।

एउटा दाइले घतलाग्दो कुरा भनेको याद आउँछ, उहिल्यै नै त्रिभुवन विश्वविद्यालयभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रोज्नुपर्ने रहेछ!

मेरो ५ जना साथीको एउटा समूह थियो।  हामीहरूबीच नेपालमै बस्ने सल्लाह हुन्थ्यो। तर बिडम्बना अहिले २ जना साथी विदेश गइसकेका छन् र एक जना साथी विदेश जाने तयारीमा छिन्। मेरो अझै पनि विदेश जाने योजना त छैन तैपनि मेरो मन ढुक्क हुन सकेको छैन। कतै मेरो निर्णय भोलि गएर गलत हुने त होइन?

साथीहरुले विदेशमा कमाएर रमाएको देख्दा कतै ममा निराशापन त आउँदैन? समय घर्किसकेपछि आफ्नो भविष्यबारे सोच्दै खिन्न हुनु त पर्दैन?

नेपालको शिक्षा प्रणाली परम्परागत नै छ। सीपमूलकभन्दा पनि पाठ्यक्रममा आधारित सैद्धान्तिक शिक्षामै केन्द्रित छ। परिक्षा उत्तीर्ण भएपछि शैक्षिक प्रमाणपत्र त पाइन्छ तर व्यवहारिक सीपको अभावमा रोजगारीमा जोडिन भने कठिन देखिन्छ। देशमै केही गर्छु भन्नेहरूका लागि पनि अवसरभन्दा चुनौतीको चाङ धेरै छ।

अहिले त परिवार, आफन्त, नजिकका इष्टमित्र र छरछिमेकीले पनि विदेश जानु पर्छ भनेर दबाब सिर्जना गरिदिने वातावरण छ। नेपालमा हेर्ने हो भनेर सरदर १ घरका १ सदस्य विदेशमा नै रहेको पाइन्छ। नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य बलियो हुँदै गएको छ।

नेपालमा सम्भावना भए पनि अवसरमा पहुँचवालाको मात्र वर्चश्व छ। यहाँ क्षमताभन्दा शक्तिको हाबी छ। अस्थिर राजनीति र अर्थतन्त्र यसको मूल कारण हो। काम गर्ने संयन्त्र र प्रणाली प्रभावकारी बन्न सकेको देखिन्न। योग्यता, क्षमताभन्दा पनि जताततै राजनीतिक पहुँच र सत्ताकै नजिक हुनेहरूको बोलवाला छ।

हाम्रो सरकार र नीति निर्माताहरूले कुनै पनि कुरालाई दीर्घकालीन रूपमा सोच्न नभ्याएका हुन् कि सोच्दै नसोचेका हुन्? रेमिट्यान्सलाई मात्र अर्थतन्त्रको स्रोत ठानेको छ। यसरी रेमिट्यान्सकै भरमा देश कहिलेसम्म धानिने हो। धेरैले आफ्नो सम्पत्ति बेचेर छोराछोरीलाई विदेश पठाइरहेका छन्।

उनीहरूमध्ये धेरै विदेशमै स्थायी बसोबास गर्छन्। पढ्ने वा स्थायी बसोबास गर्ने जुनसुकै बहानामा होस्। देशबाट रकम बाहिरिएकै छ। नेपालभन्दा कमजोर रोमानिया, क्रोएसिया र अन्य असुरक्षित देशहरूमा नेपालीहरू युरोपको कार्ड पाउनका लागि जाने क्रम बढ्दै गएको छ।

नेपालमा बस्न सजाय र सम्झौताजस्तो हुन थालेको छ। नेपाली हामी रहुँलाकहाँ नेपालमै नरहे भनेझैँ यदि नेपालीहरू नै रहेनन् भने नेपाल पनि नरहन सक्छ। यसरी विदेशिने र त्यही बस्ने क्रम बढ्दै गयो भने त्यहा जन्मिनेहरूका लागि नेपाल भन्ने देश पुर्खाको देश मात्र त बन्ने हैन।

त्यसैले विदेश पढ्न जाने अनि त्यही बस्ने र रमाउने प्रवृत्तिले प्रशय पाउन थालेको छ। विदेश जानुमा रहरभन्दा पनि बाध्यता धेरै छ। विदेश पढ्न जानेलाई रोक्ने हो भने हाम्रो शैक्षिक प्रणाली र विश्वविद्यालयहरूको सुधार जरूरी छ। पढ्न मात्र होइन रोजगारीको अभावमा बाध्यताले विदेशिने क्रम रोक्ने हो भने भाषणमा मात्र होइन सरकारले देशभित्र रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ।

मूलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मात्र पनि बनेका सरकारहरूले लोकप्रिय नारा त ल्याए तर नागरिकले त्यसको अनुभूति गर्न सकेनन्। शिक्षा र रोजागारीका लागि युवाको विदेश पलायन रोक्नका लागि पहल थाल्न अब सरकारले ढिला गर्न हुँदैन। 

विश्वविद्यालयहरूको सुधार, स्वदेशभित्र रोजगारी र व्यवसाय वातावरण निर्माणनै यसको पहिलो आधार हुन सक्छ। अनि बल्ल नेपालमै पढुँ र केही गरूँ भन्नेले पनि ढुक्कसँग, म विदेश जान्नँ, नेपालमै बस्छु भनेर जबाफ दिन सकिएला कि?


https://www.setopati.com/blog/344654


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters