बिचार
बिचार सटिय पछि
सोच फेरिय पछि
मान्छेले आफ्नो बाटो वीरसदो रहेछ
आफ्नो माटो भुल्दो रहेछ
त्यसैले ,
आगनलाई रगतले पोत्दा पनि,
बाटोलाई बारुद्को धूवामा छेक्दा पनि
बिचारहरु रमिते बन्दा रहेछन
सोचहरु तमासे हुँदा रहेछन
हुन त,
पुछियका रित्ता सिउदाहरुलाई
लुटियका निरिह अस्तिवहरुलाई
राहतको सस्तो दोसाल्ला ओढाई
हल्लाको बजारमा बेच्न जाने पछी
अभाबमा सुकेका दाबिले पेटहरुलाई
आँफैले दुख्यायको देशको घाउलाई
संचारको जगतमा ढिन्डौरा पिटाइ
दुधको साछी बि रालो हुन जाने पछि
बाझहरुले पेरेवाको लागि शान्तिको बिधान बनाउछन्
ब्वासाहरुले धर्मको प्रबचन गर्दछन्
कुकुरले साधुलाई घुक्छन् बिचार हड्डी हो कि,लुछाचुडी गर्नु पर्ने
सोच कुर्शी हो कि ,खिचा तानी गर्नु पर्ने
अब त लाग्छ शान्तिमा बादल मडारिनु नौलो होइन
आमाको ममता खोसिनु अनौठो होइन
स्वबिबेकम आर्जेको बिचार
आफ्नो माटोमा ओछिन नपाय पछि
पैचो लियको बिचार
जथाभाबी फैलिय पछि
शायद,
स्वाभिमानको मलमि जाने दिन पर नहुन सक्छ
सगरमाथा बन्धकी हुने दिन पर नहुन सक्छ
किनकी,
धमिलो बिचारको कुनै दृष्टी हुँदैन
अमिलो सोचको कुनै श्रीश्टी हुँदैन
नाम र पदको न साले भलो बोक्दैन