एउटा अर्को बर्ष बितिसकेछ यहाँ
खुसि अनि दुख:को स्मृतिहरु छाडेर
भेटियका प्रेम अनि लुटियका हाँसोहरु छाडेर
एउटा अर्को बर्ष..अरु बर्षहरुजस्तै
म मेरै निम्ति बाँचे...आफ्नै लक्ष्यहरुको लागि
मेरो देश हिँजोपनि रोइरहेको थियो..आजपनि उस्तै
बिग्रियको राजनिति अनि फोहोर गल्लिहरु बोकेर
मेरो देश आजपनि एउटा नेपालि खोजिरहेछ
जसले काँधमा बोक्नसकोस मेरो देशलाइ
जसले पुछोस नेपालिहरुका आँशुहरु..अनि
फैलाओस उज्यालो निर्जन बस्तिहरुमा पनि
abroad मा बसेर देशका निम्ति दुइशब्द कोर्नु
मैले आफ्नो कर्त्यब्य सम्झेको छु
बाहिरियकाहरुलाइ मात्र नेपालि ठान्ने
कस्तो पिडा ब्यहोरिरहेको छु !!
सस्तो प्रेमका नाममा
Time wasteअनि देश बिर्सने केहि थोपा रक्सिहरुमा
मैले मेरो राष्ट्रियता बिर्सिरहेको छु
एउटा अर्को बर्षपनि म ब्यर्थैमा बितायछु
देशले नयाँ युवा सोँच खोजिरहेको बेला अनि
दिदिबहिनिको अस्मिता कुल्चियकोबेलामा पनि
अशिक्षाले देशका बच्चाहरुलाइ
अँध्यारो भविष्य दिइनै रँहदा पनि
म प्रेमिकाको अँगालोमा हराइरहेको छु
धिक्कार लाग्छ..तर कस्तो यो विवशता
चाहेरपनि मेरो देशलाइ म केहि गर्न सक्दिन
एउटा नयाँ
Vision देउ अनि एउटा सोँच
नयाँबर्ष तिमिले हामिलाइ एउटा उत्साह देउ
एउटा नौलो युगको शुरुवात गर्न सक्ने
मलाइ मेरो नेपालि मन देउ....
abroad सिँगार्ने हाम्रा हातहरुलाइ अब
आफ्नै देश बनाउने साहस देउ
नयाँ बर्ष तिमिले हामिलाइ एउटा नौलो सोँच देउ
यि बितेका बर्षहरुभन्दा फरक
एउटा नौलो आयाम देऊ
डाँडाहरुमा शिक्षा पुर्याउने एउटा बिशाल छाति देउ !
झुपडिहरुको मर्म बुझ्ने एउटा ठुलो मन देउ !
बर्षौँसम्म छरियका रगत..पुछ्नसक्ने अनि
सत्यको निम्ति लड्नसक्ने साहसि मुटु देऊ !
नयाँ बर्ष तिमि मेरो देशलाइ अब एउटा
साँचो नेपालि देऊ...निर्भिक मुटु भयको
एउटा साँचो नेपालि देऊ