साझामा विशेष गरी गजल तिर एउटा राम्रो संस्कार देखेँ ,गल्तिहरु औँल्याईदिने त्यहि भएर एउटा गजल लेख्ने प्रयास गरेको छु ।मलाई काफियाको र अरु गजलका टेक्निकल टर्म्सको बारेमाँ केहि थाहा छैन,गजल सुनेको पढेको मात्र छु , त्यसैले गल्तिहरु औँल्याईदिनुहुनेछ भन्ने आशको साथ ,सिरिषदाई सपोर्ट गर्छु भन्नु भएको छ है!
तिमी नै तिमी पाउँछु रानी आफु भित्रको हराईमा
होश आजकल रहन छोड्यो भनाई र गराईमा
लहराएर सँधै तिमी किन यसरि भागी दिन्छ्यौ ?
तिम्रो आँचलको बुट्टा देख्छु ताराको त्यो झराईमाँ
मनको न हो लड्डु बन्छ ,घिउ सितै खा भन्छ
खोइ के के उम्लिदिन्छ मनभित्रको कराइमाँ
टाढा त छैनौ तिमी तै पनि डराउँछु
छोडी मलाई हिन्ने हौ कि रहन्छु यहि तराइमाँ
सफा पारी राखेको मेरो मनमाँ बास गर
तिमीलाई पछुतो हुने छैन यो बसाईँ सराईमा