Inspired by an native Chinese Indian from Calcutta (now settled in Toronto, Ontario) who invested(?) 10,000 Rs (Nepalese), to obtain/buy a Nepali Citizenship Card.
Please refer to Green Card or equivalent where you read कागज
कागज
न जन्मले सिद्द, न बंशले बिशुद्द
सीमा पारि नै सीमा वारिका
नागरिकताको कागज किनेर ,
काला गोरा सबै बिदेशीहरु
मेरो देशका नागरिक हुंदा
म भने मेरो देशले मलाई दिएको -
कागज साट्न खोजी रहेको छु !
म कहिले शरणार्थी भई रहेछु !
म प्रति भए । नभएका आतंक,
डर धम्की र ज्यानको खतरा
पुष्टी गर्न खोजी रहेछु !
म अहिले कागजी दुलाहा बनेर,
कागजी बेहुलीलाई कागजी सम्भोग गरि रहेछु !
मेरी स्वास्नी भै दिए बापत
महिनै पिच्छे लागत् तिरी रहेछु !
अशुभ अप्रिय समाचार सुन्दा पनि
म पिडीत भई बस्ने समय भएन !
साला बेला, कुबेला, अबेलासम्म
हड्डी घोट्नु पर्ने बाध्यता छ –
भाँडा भुई घोट्नु पर्ने बाध्यता छ –
झण्डै झण्डै दास हुनु पर्ने बाध्यता छ !
मेरो बिद्वता, मेरो सम्पूर्ण प्रमाणपत्रहरु
मेरो आफ्नो देशमा प्रयोग हुनै नसक्ने
बेक्कार, रद्दि, कामै छैन भनि
मन्त्रालयको कागज जुटाई दिनेलाई
कसरि हुन्छ - घुस खुवाउन तैयार छु !
(you need No Objection Certificate from Ministry to apply for certain kind of Green Card)
तिम्रो प्रबेशाज्ञामा मेरो तस्बीर राखेर हुन्छ की ?
मेरो नाम बदलेर नंया नाम राखेर हुन्छ की ?
राहदानी आकाशमै बोईङ्ग / एहरबस
या एअरपोर्टको ट्वाईलेटमा फालेर हुन्छ की ?
या मेरो बाउले घुस खाएर कमाएको
अकुत धन सम्पति लगानी गरेर हुन्छ की ?
दस थरिका नाममा डिभी चिट्ठा हालेर हुन्छ की ?
नेता / पार्टीलाई पैसा खुबाएर हुन्छ की ?
लौन मलाई नंया कागज बनाउने
सजीलो उपाए बताई दिनु परो !
inpromptu