[Show all top banners]

Shaanti
Replies to this thread:

More by Shaanti
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 " नारी " कहिले आकाशमा उड्दै....
[VIEWED 7134 TIMES]
SAVE! for ease of future access.
Posted on 09-03-08 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" नारी "


कहिले आकाशमा उड्दै
कहिले जमीनमा गुडदै

 हा मा होस्ते गर्दै
काँधमा कांध मिलाउदै
कर्तब्य पथमा लम्कीरहेछ
समय संगै परिस्थिति बदलिएकोछ
चुलो र चौकामा सीमीत  रहेर
पानी र पंधेरो संग गुनासो पोख्ने फुर्सद नै यहाँ
ँ कस्लाई पो छ   ?
कहिले समुन्द्र झै शांत बगेर
कहिले धरती भै चट्टान सहेर
श्रिष्टी को  संरचना लाई कायमै राख्दै
प्रकृती  को  सुन्दरता लाई हराभरा पार्दै 
 एउटै जुनीमा   पनि दुइवटा जीन्दगी बाचीरहेछ
बालापन को आँगनलाई मानश्पटलमा सजाउदै
नौलो संघारको अनौठो महौलामा
जीन्दगीका हरपल संग समझौता गर्दै
रहर र चाहानाहरु एकातीर थाती राखी
भोको पेट लिएर भौतारिनु नपरोस भनी
समय सापेक्ष आफूलाई पस्कदैछ
यो प्रतीश्पर्धाको युग रे
जिम्मेवारीलाई अधिकार र हक़ को रुपमा स्विकार्दै
लड़ाई को मैदानमा  होस या ज्ञान को भण्डार मा
देश हाकने महारथी होस या कलम चलाउने पारखी
आवश्यक परे देशको नक्सै पनि बदल्न सक्छ
तर अफशोच,
कहिले उसलाई मेशीन ठानछन 
जती  उत्पादन गरे पनि हुने
कहिले उसलाई नोथींग भन्दै
उप्हासको पात्र  बनाई दिने
कमल हिलोमा नै फुल्छ 
आफ्नै अस्तित्व र पहिचान बोकेर
गुलाफ़ कांडा बीचै फ़क्रन्छ
कुनै तकलीफ महशुशै नगरेर
समय को निरंतरता संगै आज
नानी खेलाउने हातहरु
देश निर्माणमा जुटीरहेछ
घांस र दाउरा लाई नै संसार ठानी रमाउनेले
गोला र बारूद संग लुकामारी खेलीरहेछ
अध्यारोमा बत्ती बाल्दा उज्यालो मील्छ
तर उज्यालोमा नै बत्तीबाली
जीन्दगी खोजीरहेछ
फेरि पनि यो पुरूष प्रधान देश रे
जहा बिम्ब प्रतिबिम्ब
एक अर्का को पूरक भए पनि कबूल गरिदैन 
 वास्तबिकता र यथार्थताको कदर गरिदैन
उत्साह र उमन्गलाई ओझेलमा पार्दै
अहमता  मौलाएर झ्यांगीयेकोछ
त्यसैले त एउटा दक्ष र सक्षम बयक्तीलाई पनि कमजोर ठानीन्छ
बिबश र लाचार पारिन्छ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
किनकी उ नारी हो रे
उसको आकृतीले यस्तै बताई रहेछ
 
शान्ती

 
Posted on 09-03-08 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शान्तिजी कबिता राम्रो लाग्यो। लेख्दै गर्नु होला।
 
Posted on 09-06-08 5:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद प्रोत्सान को लागी
कोशीश गर्छु लेख्नको लागी

 
Posted on 09-14-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

    " भिन्नता "
 
 
 
 
 
कोलहलै कोलाहलको बीचमा
एक्लो नितान्त एक्लो म
कति पनि बिचलित भैन
स्वार्थै स्वार्थले भरिएको दुनियामा
कोही पनि आफ्नो हुदैन
बिस्वाशको पर्खाल भत्काउदा  तिमीले
पश्चाताप पनि गरिन
तिमी अगाडी बढ्दै गयौ
अभिमानिको बुई चढेर
म टक्क रोकिए
स्वाभिमान लाई आत्मासाथ गरेर
तिमीले दिएको मानसिक उत्पीडन मा
म छटपटाई रहे
सल्कीएको चुरोट सरी 
म जली रहे
तिमी आउने बाटो भरी
आँखा बिछ्याएर
तिम्रै प्रतीक्षा गरी रहे  
तर : तिमीले त बाटो नै बदली सकेछौ
आफ्नै दुनियामा रमाएर
हासन पो थालीसकेछौ
यदि, मलाई पनि नैतिकताको
हदबंदीले कैद नगरेको भए
म पनि त सक्थे तिमीलाई तड्पाउन
भुसको आगो झै भित्र भित्रै सल्काउन
फेरी पनि म बिबश भए
तिमी संगको अनाम नाताको बन्धनले
तिमीलाई घृणा गर्न पनि सकिन
तिमीले दिएको चोटको हिसाबै गरिन
बरु ;उपचार बिहीन घाऊको
पीडायुक्त बेदनामा छटपटाई रहे
बादल पारीको निलो आकाश चिहाउदै
आँखा भरी आंशु बोकी
छाती भित्र पीडा लुकाई
तिमी र म बीचको भिन्नतालाई
नजिकै बाट नियाली रहे
केवल चुपचाप नियाली रहे
बश नियाली रहे 
   शान्ती
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
To Sajha admin
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters