http://www.kantipuronline.com/Nepal/sahitya.php
अमेरिका र मास्टर शिवप्रसाद
मधुवन पौडेल
शिवप्रसाद बूढा राम्ररी कान सुन्दैनन् । मैले के भनेँ उनले सुनेका थिएनन् तैपनि आफ्ना कुरा भन्न सुरु गरे उनले । मेरो श्रीलङ्के मित्रको विशेष आग्रहमा त्यो शनिबार म पशुपति वृद्धाश्रम पुगेको थिएँ । आफ्नो बाबुको मरणतिथिका दिन ऊ त्यहाँ केही खाद्यसामग्री र केही पैसा दान गर्न चाहन्थ्यो ।
हामी वृद्धाश्रमभित्र छिर्नासाथ ढोकामै शिवप्रसादसँग भेट भएको थियो । मलाई देख्नासाथ बूढाले सोधेका थिए, "बाबु, तपाइर्ं अमेरकिाबाट आउनुभएको हो ? मेरो छोरो शैलेशलाई चिन्नुहुन्छ ?"
"हैन बा ! म यहीँबाट आएको ! पोहोर पनि प्लास्िटक मेच लिएर आएको थिएँ नि त !" उनी हाँसिरहे, केही बोलेनन् । सायद बूढा शिवप्रसादले केही सुनेका थिएनन् । उनले आफ्नो कथा हाल्न सुरु गरसिकेका थिए । यही बानीले गर्दा मलाई सबैले सुगा भन्ने गर्थे ।
मास्टर शिवप्रसाद खतिवडा तिनताका आफ्नो भेगका निकै प्रतिष्ठित मान्छे मानिन्थे । सरकारी विद्यालयमा नोकरी, गाउँमा मनग्य खेतीपाती र पेसाको प्रतिष्ठा आदि सबै कुराले गर्दा उनी ज्यादै खुसी थिए । दुइटा सन्तानमध्ये जेठी छोरी सुमित्राले एसएलसी पास गरसिकेकी थिई र सदरमुकाममा मामासँग बसेर कलेज धाउँदै थिई । शिवप्रसाद उसको बिहे गरििदने सोचमा थिए । छोरो शैलेशले भर्खरै ८ कक्षा पढिसिध्याएको थियो ।
दिन, महिन अनि वर्ष बित्दै गए । शिवप्रसादले दुईपटक उत्कृष्ट शिक्षकको नगद पुरस्कार थापे । सुमित्रा पनि बिहे गरेर लोग्नेको घर गई । शिवप्रसादको एउटा धोको थियो । आफ्नो छोरोलाई इन्जिनियर बनाउने अनि आनन्दले ऊसँग राजधानीमा गएर आफ्नो बुढेसकाल बिताउने । शैलेशको भरमा बुढेसकाल निष्पिmक्री बिताउने लालसा !
शैलेश राम्रै थियो पढ्न-लेख्नमा बाबुको सपना पूरा गर्ने कुरामा दत्तचित्त पनि । अर्थात्, ऊ पनि इन्जिनियर बन्न चाहन्थ्यो । शिवप्रसाद गरबि त थिएनन् तर छोरालाई राजधानी पठाएर निर्धक्कसँग बस्न सक्ने आर्थिक अवस्था थिएन । तैपनि, जसोतसो गरेर उनले शैलेशलाई काठमाडाँै पढ्न पठाए । सपनामै बाँच्न अभ्यस्त बिचरा शिवप्रसाद मास्टरका आँखाबाट त्यो दिन बर्रर आँसु झरेका थिए । छोरोलाई पढ्न पठाउन आफ्नो बाबुबाजेको छाला बन्दकीमा परेको थियो । उनलाई सजिलो थिएन । शैलेशलाई पढ्न पठाउँदासम्म त्यो जग्गा आफ्नो भन्न पाइँदैन भन्ने उनले बुझेका थिए । खानै नपुग्ने त थिएन तर त्यो फाँट अर्कालाई लेखिदिएका दिनदेखि बेसी झर्ने भन्ने कुरै हुन्नथ्यो । टारमा भएको पाँच मुरीको खेत र घर्तीले दिने कुतका भरमा भात खानुपर्ने हुन्थ्यो उनलाई ।
हुन पनि त्यस्तै भयो । शैलेशले दुई वर्ष राम्रैसँग मिहिनेत गर्यो । अनि त, शिवप्रसादलाई खेत नबेची धरै थिएन । बेलायती सेनाका लाहुरे विष्णुदाइलाई आफ्नो पुख्र्याैली खेत जिम्मा लगाएर उनले शैलेशलाई पढ्न जाने जोहो गरििदए । ऊ गयो अमेरकिा ।
शैलेशले अमेरकिा टेकेको वर्षदिनदेखि नै शिवप्रसादको जिन्दगानीमा भुमरी मडारिन सुरु भएको रे ! ज्वाइँ भनाउँदोले छोरीलाई टोक्ने रहेछ । छोरोलाई खेत बेचेर अमेरकिा पढाउन सक्नेले ज्वाइँलाई अरब पठाउने काममा एक-डेढ लाख झिक्न के गाह्रो भएको भनेर ! सुमित्राको आँसु पुछ्न उनले घर्तीले कमाएको खेत पनि क्याप्टेन विष्णु राईको जिम्मा लगाए । त्यसपछि हिँडेको ज्वाइँको छ-सात वर्ष केही खबर पनि आएन, पैसा पठाउने त कुरै छोडाँै ।
उता शैलेशको पनि त्यस्तै खबर । महिनामा एकपल्ट फोन गरेर उसले एउटै कुरो रट्थ्यो, "बा, यसपालि पनि पढाइको रनि थपियो । तर, हडबडाउनु पर्दैन । दुई वर्ष जागिर खाएपछि त रनि तिरहिाल्छु अनि त म पनि तपाईंलाई भरथेग गरहिाल्छु नि !"
शिवप्रसादले हरेस नखाए पनि कताकता उनको मनमा चिसो पसिसकेको थियो । शैलेशले मिहिनेत गरे पनि पैसाको कारणले समयमा पढाइ सक्न गाह्रो परेको थियो ।
दिन बित्न के गाह्रो ? एकदिन शिवप्रसाद मास्टरको जागिरको थप अवधिबाट पनि निवृत्त भए । सुमित्राको लोग्नेको खबर त आयो तर ऊ त्यतै काम गर्न गएकी एउटी चनमते च्यापेर बस्न थालिसकेको रहेछ । दुइटा सन्तान भएर पनि के गर्ने दुइटैको हालत त्यस्तो भएपछि ? उनी मनमनै कुँढिन्थे ।
नेपालबाट अमेरकिा पस्ने लस्कर बढ्दो थियो । कोही चिट्ठामा हिँडेका थिए त कोही पढ्न अनि कोही राजनीतिक शरणमा त कोही पर्यटक बनेर आउँथे । तीमध्ये कोहीलाई पनि भेट भयो कि शिवप्रसाद आफ्नो छोरो भेट्नु भन्ने गर्थे । मास्टरी छुटेपछि उनलाई अझ बढी छटपटी भइरहेको थियो । छोरीको पीर त छँदै थियो, शैलेशको पनि फोन गर्ने क्रम घट्दो थियो । बिहान ढिलोसम्म सुत्ने, दिनभर गाउँको पसलमा आफ्ना समवयष्क साथीभाइसँग गफ चुट्ने अनि बेलुकी घर फर्केर तमाखु तान्दै सुमित्राका छोराछोरीको पाठ हेर्ने र अन्तमा बूढीसँग छोराछोरीको प्रसङ्ग झिकेर फत्फत् गर्दै सुत्ने यही दिनचर्या भयो उनको । गर्ने पनि अरू थियो नै के र !
शिवप्रसादकी बूढी दमको रोगी थिइन्, त्यसैले पनि सुमित्रा आएर बस्दा बूढाबूढीलाई निकै भर भएको थियो । तर, ऊ पनि दिउँसो स्कुलमा पढाउन जानथालेकी थिई र साँझमा छोराछोरी लिएर मात्र र्फकन्थी । त्यसैले कहिलेकाहीँ दमले च्याप्ने गर्दा बूढीलाई रुङ्न शिवप्रसादलाई घरमै बस्नुपर्ने हुन्थ्यो ।
बूढीको दम घटेन । मुखले केही नबोले पनि उनको मनभित्रको पीर-सन्ताप यदाकदा पढ्न सकिन्थ्यो । कहिलेकाहीँ त घन्टौँसम्म बूढाबूढी एकअर्कासँग केही नबोली टोलाइरहने गर्थे । जाडो लाग्नासाथ शिवप्रसाद आत्तिने पनि गर्थे, बूढीलाई दम बढ्दै जान्थ्यो । उनी आफैँलाई भने त्यस्तो कुनै कडा रोग थिएन, अलि कम सुन्नेबाहेक ।
शैलेशले प्रत्येक महिनाको तेस्रो आइतबार फोन गर्ने रुटिन पनि बन्द गरसिकेको थियो । कहिलेकाहीँ टेलिफोन बुथको केटो दगुर्दै 'मास्टर बा, एक घन्टापछि कुरा गर्न आउनोस् ल !' भन्न आउने गथ्र्यो । तर, झन्डै दुई वर्षयतादेखि दुई-चार महिनामा एकपल्ट मात्र त्यस्तो खबर आउन थालेको थियो । त्यसैले गर्दा पनि बूढाबूढी बढी पिरोलिने गर्थे ।
अनि, एकदिन शैलेशले खबर गर्यो, उतै बिहे गर्ने भएँ भनेर !
"अब यता र्फकन्नस् त बाबु !" शिवप्रसादले मधुरो र निराश स्वरमा भनेका थिए ।
"खै अब ! त्यहाँ फर्केर पनि के गर्ने ? भने अनुसारको काम पनि पाइन्न, रनि पनि भर्खरै सकियो । दुई-चार पैसा जम्मा नभई आएर पनि के गर्नु ?"
शिवप्रसाद मास्टर हाँगाबाट खसेजस्तो भएका थिए । मानाँै, उनको जीवनले गति नै लिन छाडेको थियो । घर छोडेर गएको आठ वर्षपछि यस्तो खबर दिनुअघि शैलेशले आफ्ना बाबु आमालाई यस्तो भित्रै बिझ्ने खबर कसरी दिन सकेको होला ? शिवप्रसाद त पिल्सिएरै भए पनि बाँचिरहे तर बूढीले सहन सकिनन् । त्यो दिन सत्यनारायणको पूजाको प्रसाद खाएर सुतेकी बूढी फेर िउठिनन् । शिवप्रसाद मास्टर एक्लिए । बूढीलाई कालले लग्यो र छोरो नियतिले गर्दा टाढियो । त्यो दिन शिवप्रसाद रातभर िरोइरहेका थिए रे !
मेरो श्रीलङ्के मित्रले वृद्धाश्रमका कर्मचारीसँग गलफती गर्दागर्दै अर्का एक जना वृद्धले मलाई सुनाएको कथा थियो यो मास्टर शिवप्रसादको जीवनवृत्तान्त । उनी कसरी र कहाँबाट त्यो वृद्धाश्रममा आइपुगे भन्ने ती वृद्धालाई पनि थाहा रहेनछ । उनले भेटेदेखि नै शिवप्रसाद यस्तै कुरा गर्छन् रे ! आफ्नो छोरो शैलेशको रटान गर्दै प्रत्येक आगन्तुकसँग उसको हालचाल सोधछन् रे ! अनि, अन्तमा तुरुक्क आँसु झार्दै एउटा कुनातिर लाग्छन् रे !
मेरो साथी मलाई घरमा छोडेर गइसकेको थियो । त्यो दिन मलाई दिनभर िनै नरमाइलो लागेको थियो । यस्तो अरू कति मास्टर शिवप्रसाद भइसकेका होलान् र हुने क्रममा होलान् भन्ने सोचेर म दिक्क भएको थिएँ ।