ओहो !!
आउनुभयो !
पाल्नुस् !
बस्नुस्!
उ जस्तै तपाईं पनि
घाममा सुकाको बिस्कुन्को राप लिएर आउनुभयो
उ जस्तै तपाईं, फेरी हजार तृश्णाको डाब लिएर नजानुस् !
आराम गर्नुस् |
पोल्टामा लिएर आएको कुरा खोल्दै जानुस्,
१२ कल्पमा,
-कुन दिन मश्जिदको हावाइजहाज चुर्चमा घुस्छ
-कुन दिन मन्दिरमा मस्जिदको बली दिने हो
-र कुन दिन मन्दिरलाई क्रस्समा झुन्डाउने,
बोल्दै जानुस्
चन्द्रमामा कुकुर मरेकोमा रुने भुपीले भनेको मनब्तालाई
फेरी एक पटक चितामा पोल्दै जानुस् |
५२ पलमा,
एउटा काम गर्दिनुस्
-एउटा सदाम
-एउटा लदेन
-एउटा बुस
-अनी एउटा ओबामा
जन्माइदिनुस्
यो माटोमा लाशहरुले देशको मानचित्र कोर्नुछ
त्यही देशको नाममा शान्तीलाई फोर्नुछ|
३६५ घडी,
ज्वलामुखी फुटोस अनी रगत बगोस
सुनामी आअोस अनी जगत बगोस
सुर्यको फनको लगाउँदै तपाईंलाई ल्याउनुभन्दा
त्यही सुर्यमै यो सृस्टिलाई गाब्दिनुस्
र अर्को पल्ट भन्दिनुस् यथास्थितिबादी ब्रह्मालाई...
अर्कोपाली
तिमीले सृस्टि गर्द हे ब्रह्मा भाङ नखानु !!!
शुभकामना तपाईंलाई !!!