[VIEWED 27883
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 03-09-08 5:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ मैले सबै गजललाई एउटै धागोमा उनेको छु ,आशा छ सदा झै सुझाब पाउने छु। साथै अरु गजल थप्ने कोशीश गर्ने छु । वाका १ मदिराका बुद
मदिराका बुद छन कि नजरमा मात लाग्यो पिउन भनेर तान्न के खोजेथे बात लाग्यो ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी दिल भरी कसोकसो सिस्नुको पात लाग्यो भुतले खाजा खाने बेला जुराइएछ साइत झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो
२ कैदी जस्तै मन
कैदी जस्तै यि मन भरी नेल बेरिछौ दुई चार हात बाजी मारी खेल फेरिछौ
एकान्त खोजी आँफैलाई कैद गरे अतितका याद्ले मनको जेल घेरिछौ
हतारले आशु पुछ्न पुग्थे हात तिम्रा मौन भई आज आँखाको भेल हेरीछौ
बल्दा बल्दा डढेको झुम्रो के सक्थे प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ
छक्का पन्जा थाहा थिएन कहिले मेरै जिबन दाउमा थापी झेल गरीछौ
3 धोकामा जलेको मन
धोकामा जलेको मन कसै गरी थिर हुन्न जति दले नि साबुनले मनको पिर धुन्न माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न
हारजितको च्याँखेमा माया थापिएछ सबैलाई मात दियौ नि तिमीले तिर चुन्न बेनामी बजारमा लिलाम भएछ इज्जत सकिएन कसै गरे नि धागोले शिर तुन्न
स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न
४ धून
आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई
सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई
अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई
हजार गल्ती गरे नि साखिली भयौ आखिर दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई
सफलताले शिखर चडोस भन्ने कामना तैपनी खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
5 पूजारी
मन्दिर मास्ने पूजारी भए ,घर भाडा पहरे (भाडने ) माटो डस्न कहाबाट उम्रे निल काडा लहरे
भाईचारी साची सारेको माया नसर्दै खुशीमा खसे, उर्लेर फेरी साउनका खहरे आध्यरो गाउमा अन्धाको बस्ती बाटो चाहिएन भ्रममा कुदे बथान टाउका निमुखा जो ठहरे
आस्वासन पीइ चाउरिएका पेट फुक्लान भनी छरिएका आशा बटुली रछन बिचरा टहरे आफ्नै उचाइ गिराएर आफ्नै माटो फाल्ने भड्किएको मन भएछन अब चाँही जहरे
6 हेराइ
बाटो कुर्ने आँखा लुकेछन कतै हेराइ फेरियो कि माया रोप्ने मन झुकेछन कतै पराइ बेरियो कि
दिलको चौतारीमा मन डुलाउदा खिलखिलाउथेउ मुन्टो अब निहुरिएछन कतै देखाई घेरियो कि चाहको छहारिमा तिमीलाई नै देखे भन्थेउ आज सबै मेटिएछन ,कतै लेखाइ केरियो कि मायाको गीतमा पिरतिको संगीत गुनगुनाउथेउ सुरको ताल फेरिएछ ,कतै गवाइ भासियो कि भएभरको साधना भात्काइ आगो लगायौ पिडामा मन जलेछ ,कतै दबाइ नासियो कि
7 मैसाप हजुर
मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ
चिसो सिरेटोमा पनि उदाङग चल्ने अगं अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ बैशको रापमा बाफिएको नसालु माद बोझिलो भयो कि,नसकी खेप्न फाल्नु भएछ
आँखा भरी बग्न लागेका अधुरा सपना बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ अभिमानले भात्किएका मायाका प्रणय कतै जोडीन्छ कि भनी लेख्न थाल्नु भएछ
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 04-01-08 8:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त नेपालगन्जको पो याद आयो गजलको काफीया र रदीफले !
बास्तबमा नेपेलाई खुशी पार्न सक्यो भने गजलको गुणस्तर चांहि खतरै हुन्छ !
म आफूलाई सामान्य नेपाली भाषाको ऊपभोक्ता ठान्दछु तर वाकाजीका शब्दहरु बुझ्न गारो भो - सत्ते !
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 04-01-08 8:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
www.tanneri.com
पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो बलियो थेन समाउने हात ,पलमै छुटी गयो
मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो जति होसियार भए पनि सुझाबुझ लुटी गयो
जुग्जुग टिक्ने सुमधुर ,सङ्गीत हालेको थिएँ बज्नै नपाई मायाको धून दिल्कै तार टुटी गयो.
हिउँद बर्षा केही नभनी तिमीलाई रोपी रहे बिना बादल मेरो दिलमा असिनाले चुटी गयो
हाम्रो मायाको अवसानमा मलामिको खाँचो थियो मदारिको जातै यस्तो हो कि तमासामा जुटी गयो
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 04-13-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
समय छउञ्जेल आफ्नो प्रेयसीको समेत उपेक्षा गरेर दुर्व्यसनमा व्यस्त मान्छेले आफ्नी प्रेयसीलाई आफ्नो प्रतिद्वन्दीसंग देखेपछिको स्थितिको बयान एउटा छन्दस्वतन्त्र गजलमा गरेको थिएँ ५ वर्ष अगाडि । आज केही सान्दर्भिक लागेर यसलाई पुन: प्रस्तुत गर्दैछु ।
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 04-16-08 7:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु साह्रै मिठो गजल ,शायद आम युबाहरुको कथा आज मैले पनि एउटा गजल थपेको छु सदा झै सुझाबको आशामा झर्को फर्को तिम्रै ठुलो, अझै घुर्काउछौ तिमी सानोतिनो कुरामा नि ,आशु तुर्काउछौ तिमी मन सफा भए गंगा ,लोटामा पनि अटछ सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी
औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी उडाएर हाबा भरी,साह्रै फुर्काउछौ तिमी
टलटुले विश्वाशको ,के भर हुदो रछ खै अठठ्याएर किल्किलो ,डोरी सुर्काउछौ तिमी
अबोध चेहरा भित्र ,कुटिल मन रछ त राम राम भनी भिर तिर गुर्काउछौ तिमी
अत्मा साक्षी राखेर ,कसम खाको भन्थौ त अतित भुलेर आज ,याद खुर्काउछौ तिमी
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 04-17-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jyu,
प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति र विशेषताको रुपमा कायम राख्नुहोला ।
अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।
एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।
यो वर्गीकरणको पछाडी के छ भने, यी दुवै वर्गका फरक फरक श्रोता समुह हुन्छन् । एउटा श्रोता समुहले अर्को वर्गको रचनालाई नरुचाउन वा कम रुचाउन सक्छन् ।
म कहिलेकाही दुवै समुहको लागि सुहाउँदो हुने गरी, उभयवर्गी भनुम् न, लेख्ने प्रयास गर्छु । तर प्राय: असफलता नै हात लागेको छ ।
जस्तो माथिको गजल मैले तपाईले पाउनु भएको जस्तै “आम युवाहरु” को पनि कथा हो र मैले थप चाहेको जस्तै “आम-वृद्धहरु” को पनि कथा हो । समय छउञ्जेल लोक (प्रेयसी) लाई बेवास्ता गर्ने लोकतन्त्रवादीहरु (हाम्रा वयोवृद्ध युवा नेताहरु) को पनि कथा थियो त्यो । तर सन्दर्भ चाहिने रहेछ, शब्दले मात्र नपुग्ने रहेछ ।
जे होस्, मैले भनें नि, कुन समुहको लागि र कुन वर्गको गजल हो भनेर हेक्का राखी, शुद्ध चाहे शुद्ध, मिश्रित चाहे मिश्रित, तर हेक्का सहितको गजल लेख्ने ठेक्का लिनु राम्रो होला जस्तो लाग्छ मलाई । रचनात्मक स्वतन्त्रता पनि भो, रचनात्मक स्पष्टता पनि भो ।
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 04-20-08 2:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
युबा मनलाई भाबनालाई उनेको छु,सुझाबको आशामा छु
धेरै भो आँखा जुध्या ,मनको कुरा गरे हुन्छ प्यासी भा'छु पिउन ,बैशको प्याला भरे हुन्छ
बेली चमेली भरी ,मनै फुलाई देको छु छेक्छ कस्ले तिम्लाई ,दिलको बाग चरे हुन्छ
पछुताई के होला,समयले नेटो काटेछी सुकेछी झर्नै पर्छ ,तनको बास्ना छरे हुन्छ
उजाड छ पहाड ,बसाइ सर्न मन भए मेरो दिलको गाम ,बस्ती तिर झरे हुन्छ
खोले फाडो जे मिले,सन्तोष मानी हास्ने भए खुशी दाईजो दिन्छु 'मेरो नै भर परे हुन्छ
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 04-26-08 5:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हस्याङफस्याङ निकै देख्छु के को चटारो पर्यो नि हतारां नसोची लाको माया कठै झटारो पर्यो नि
आर्का कुरा छुरा भयो बचन गला लाग्यो अहिले मुन्टो बटारी के हुन्छ र ,मायै खटारो पर्यो नि
कागलाई बेल हर्श न बिस्मात ,शायद यस्तै भो टोक्नु न बोक्नु भको पिरती, लहै अप्ठारो पर्यो नि
कुखुरे बैशमा कता चर्न ग्याथ्यो होश तिम्रो कुन्नी असिरल्ल छरीई दु:खहरु, आँफै पसारो पर्यो नि
सुकोमल रुप कस्तरी बिरुप भएछ अचेल जिन्दगीको भारले थिचेछ, बरै लछारो पर्यो नि
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 05-04-08 2:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ प्रयोग गर्न खोजेको, खोइ कस्तो भयो सुझाबको आशामा
कोपेर मुटु लडायौ किन माया यो ढलेछ खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ
दुई दिन्को सुख दैबले खोसी लगेछ कही छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ
तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ
आफ्नो बिरानो भएछन बैरिको भिडमा खै रोपेर फुल भएछ भुल कडा त्यही फलेछ निरह थिए बिरह थियो साहरा थिएन घोपेर छुरा पारी चिरा कुन हासो चलेछ
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 05-06-08 6:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jyu,
तपाईको पछिल्लो गजलमा प्रयोग गर्नु भएको अग्र-अनुप्रास अनावश्यक भएपनि त्यसले गजललाई झन् बेसी लयात्मक बनाएको छ । मन पर्यो ।
अनि नि, तपाईको यो गजल मुन्नी बेगमले गाएको तलको गजलको लयमा ढल्ने रहेछ ।
बनी है दासतान-ए-शाम-ए-गम यह जिन्दगी अपनी
चरागो में धुँआ है चाँद ले जा चाँदनी अपनी
गजल सुन्ने भए यहाँ छ,
http://play.rhapsody.com/munnibegum/shameghazal/banihaidastaan
मेरो सुझावको हकमा, मलाई के लाग्छ भने अब तपाई गजलको प्राविधिक पक्षमा पोख्त भईसक्नुभयो । अब भाव पक्षमा जोड दिनुहोला । अब काफियाको समस्यापूर्ति गर्ने हिसाबले वा शाब्दिक चमत्कार देखाउने उद्देश्यले गजल लेख्ने होईन मनमा उर्लेका (साच्चिकै उर्लेका) भावनाहरुलाई शब्द दिने हिसाबले गजल लेख्नुहोला ।
प्रेम गीत-गजलको लागि एक सदाबहार विषय हो । तर के कुरामा ध्यान दिनुहोस् भने पुराना गीत-गजलमा पढिएको सुनिएको सेकेण्डह्याण्ड र काल्पनिक कथा र व्यथा होईन आफैले भोगेको-देखेको वास्तविक व्यथाको कथा लेख्नुहोस् । साधारणै भए पनि वास्तविक कथा हो भने त्यसको प्रभाव अत्यन्त गहिरो हुन्छ, किनभने त्यो वास्तविक हुन्छ र मानिसले त्यसलाई वास्तविक रुपमा अनुभव गर्न सक्छन् ।
त्यसैले बजारिया गीतहरुलाई दिमागबाट पुरै डिलिट गरेर एकदम क्लिन भएर आफ्नै हृदयको ढुकढुकीलाई सुनेर त्यसलाई शब्दमा उतार्नुहोस् - तपाईले गजलको जादू पैदा गर्नु हुनेछ ।
समस्त शुभकामनाकासाथ,
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 05-17-08 5:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु हजुरको अंमुल्य सुझाबलाई शिरोपर गरी राको छु । खोइ जती जान्न खोज्यो उती कठिन भई रहेछ . तै पनि प्रयास जारी छ ,हजुरको यसरी नै सुझाबको आशामा
खप्परै अभागी रछ भयो पिरै पिर तडपाएर राख्नु भन्दा बरु मुटु चिर
आङ कनाई छारो उडायौ गाउ चारी दुनियाँले कुरा काटे झुक्यो अब शिर
मायामा सन्का कहाँबाट पसायौ तिम्ले साउन भदौ बगेर जिबन भो भिर
मनै भ्रान्ती भाको'छ शान्ती कहा पाउनु तिमी सित भेटे देखी छैन मन थिर
फुल्छ्यौ भन्ने लाग्याथ्यो,मन खोल्दिए तिमी दुखयौ सधैं भरी यही मुटु निर
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 05-18-08 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jyu,
गजलको एउटा सिमितता के हो भने यो विधा सबै प्रकारको अभिव्यक्तिको लागि मैत्रीपूर्ण छैन । लामा लामा कथाहरुको विस्तृत वर्णन गजलबाट सम्भव पनि छैन, उपयुक्त पनि हुँदैन । त्यस्ता कथाहरु गैर-गजल कविता वा गद्य विधाबाट बढी सजिलो र बढी अचुक तरिकाले प्रस्तुत गर्न सकिन्छ ।
गजल भनेको त Forrest Gump ले भनेको झै “A box of [assorted] chocolates” हो । यहाँ हरेक एउटा chocolate ले हरेक एउटा शेर जनाउँछ र Forrest Gump ले अगाडि थपे जस्तै “You never know what you're gonna get” हुनुपर्छ ।
यदि पाठक/श्रोताले एउटा शेर सुनेपछि अब अर्को शेर के को बारेमा छ वा त्यसमा के छ भनेर थाहा पाउँछ भने त्त्यो गजल गजल भएन, त्यो शायरी (शेर हाल्ने कला) भएन ।
शेर भनेको पाठक/श्रोतालाई छक्क पार्न लेखिने कुरा हो । त्यसमा आश्चर्य तत्व हुनै पर्छ । त्यो तत्व शेरमा पनि हुनुपर्छ, गजलमा पनि हुनुपर्छ । भावमा पनि हुनुपर्छ, संगठनमा पनि हुनुपर्छ ।
लौ मैले त झन् जटील पो बनाईदिए है गजलको परीचयलाई । तर जे भए पनि तलका केही कुराहरुलाई ध्यानमा राख्नैपर्छ । तर सर्जकले आफैलाई सबैभन्दा पहिले के सोध्नुपर्छ भने- ‘म मेरो भावनालाई गजलमा बढी अचुक र स्पष्ट ढंगले अभिव्यक्त गर्न सक्छु कि गैर-गजल विधामा ?’ गैर-गजल विधामा बढी स्पष्ट र अचुक ढंगले अभिव्यक्त हुन सक्छ जस्तो लाग्यो भने त्यसै गर्नु, गजलमा अभिव्यक्त गर्न अन्य विषय/कथा खोज्नु ।
अब गजलमा ध्यान दिनुपर्ने कुराहरु:
१. शेरलाई कथाको बर्णन (description) को लागि होईन, टिप्पणी (comment) को लागि प्रयोग गर्नुपर्छ । त्यो भनेको के हो भने शेर भनेको कुनै घटनाको जानकारी दिन मात्र लेख्ने नभई बरु त्यो घटनाले आफुलाई कस्तो प्रभाव पर्यो त्यस प्रभावको जानकारी दिन लेख्ने कुरो हो । अनि स्मरणिय रहोस्, कहिलेकाँही सादा वर्णन नै एक घाघडान टिप्पणी हुनसक्छ ।
२. एउटै कुरा दुई शेरमा बाँडिन वा दोहरिन हुँदैन । (A ghazal must be like a box of assorted chocolate)
३. शेर भनेको तीन पाने रक्सी हो, जाँड होईन । कथालाई डिस्टिल गरेर त्यसको सार खिच्ने भनेको । कथाको छोक्रा र पानी शेरमा देखिनु हुँदैन । छोक्रा र पानी बेगर कथा पुरा नहुने देखियो भने कि त डिस्टिल गर्ने तरीका पुगेन कि त त्यो डिस्टिल हुन सक्ने अर्थात् शेरमा अभिव्यक्त हुन सक्ने कथा नै होईन । त्यस्ता कथालाई गैर-गजल विधीबाट परिशोधन गर्नु र पस्कनु बेस ।
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 05-25-08 3:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु, अब त झन जटिल भएर पो गयो यो बिधा , अल्मली अल्मली यसलाई उनी रहेको छु डर लागिरहेछ झन्झन फितलो हुँदै गै रहेको त छैन ।
खसखस लाग्छ आजभोलि कुरा काट्यौ कि अर्कै राजा मनमा पाली मलाई ढाट्यौ कि
श्रीखन्ड र खुर्पा बिड उस्तै देख्छौ तिमी भ्रममा पारी चिनी भनी नून चट्यौ कि
विश्वास जोडछु भन्यौ शन्का लाग्छ अचेल मनभरी कतै घातको दाम्लो बाट्यौ कि कुरा छल्न सिपालु छौ डर लाग्छ अझै जुठो माया चोखो भनी भाषाण छाट्यौ कि अङालोमा बेरिदा नि हराएझै लाग्छ किन अन्तै खाता खोली कतै माया साट्यौ कि
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 05-25-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jyu,
गजलको सिद्धान्त मात्र जटील हो, गजल स्वयं नै चाही जटील कुरा होईन । फेरि सिद्धान्त पनि गजल भन्दा पहिले आएको होईन, बरु धेरै गजलहरुको अवलोकन गरेर तीनमा निहित विशेषताहरुको सारांश मत्तै हो यो ।
गजलको अब एउटा अर्को पक्ष कोट्याउन चाहन्छु । हुन त यो सबै वर्गका कवितामा लागु हुने कुरा हो, तर गजलमा भने यो बेसी नै प्रयोग हुन्छ । र त्यो हो – बिम्ब (imagery, symbol, metaphor, simile etc) । कुनै पनि वस्तुलाई त्यसको मौलिक नामबाट भन्दा पनि त्यसको चित्रण, प्रतिक, उपमा, संकेतबाट व्यक्त गर्ने । वास्तवमा गद्य र पद्यको एउटा एउटा सबभन्दा ठूलो अन्तर नै यही हो । गद्यको भाषा मौलिक वस्तु हो, पद्यको भाषा उपमा हो ।
तपाईको पछिल्लो गजलमा प्रयोग भएका केही प्रतिक र उपमाबाट ( राजा, चिनी, नुन, घातको दाम्लो, खाता आदि) उत्साहित भएर यो टिप्पणी थपेको हुँ ।
आसा छ आगामी रचनाहरु अझ बढी उपमा-समृद्ध हुँदै जानेछन् । समृद्ध उपमाहरुले गजल सुन्दर, मीठो, लचकदार र sexy बन्छ ।
समस्त शुभकामनाहरु सहित,
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 05-31-08 1:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपे गुरु , फेरी एउटा अर्को थपेको छु । सुझाबअको आशमा
नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ बैशको माद पिएर एकचोटि झुम्न देउ
स्वोर्गै भएनी चाहिएन अबलाई भइगो तेही नै नयनको परीधी भित्र घुम्न देउ नजरको बाण चले देखी घाइते भाको'छु धपक्क बल्या तिम्रो रुपमा होश गुम्न देउ
कामदेवको ताती लग्लान तिमीलाई खिच्न सुरक्षाको लागि लौ पहरे भई रुग्न देउ
दुश्मनले तिम्रा खुशीमा एम्बुश थापे भने पट्रोल पठाउने छु दिल सम्म पुग्न देउ
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 05-31-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jyu,
यसलाई ठट्यौलीमुलक रचनाको रुपमा प्रस्तुत गर्नुभएको भए ठीकै छ, नत्र ता शुरुमै अप्ठेरो अश्लिलदोष छ । त्यसलाई पुनर्लेखन गर्ने सल्लाह दिन्छु ।
अब एउटा नयाँ कुरा । वास्तवमा प्राचीन कुरा । गजललाई आरम्भिककालमा “प्रियतमसंग गरिने सम्वाद” भनेर चिनिन्थ्यो/लेखिन्थ्यो । त्यो पनि स्त्री प्रियतम नभएर पुरुष प्रियतम नै (कसैकसैले समलिङ्गी प्रेमी समेत भनेका छन्) । स्त्रीपात्रलाई सम्बोधन गर्ने त धेरै पछि (शायद लखनउमा) शुरु भएको हो । आधुनिककालमा प्रियतमलाई सम्बोधन गर्न छाडेर सामजिक मुद्धाहरुलाई सम्बोधन गर्न थालियो । यो अद्यावधि जारी छ ।
मेरो प्रिय शैली चाही आफ्नो रुचीको वा आफ्नो प्रिय सामाजिक-राजनैतिक मुद्दाहरुलाई आफ्नो प्रियतमलाई झै सम्बोधन गरेर सम्वाद गर्नु रहेको छ । एउटा उदाहरण:
सामुन्ने छिन् मायालु अझै कुरिरहेछु म
जमिन दूरी हैन रे’छ आफै दूरी रहेछु म
राजनीतिमुक्त श्रृङ्गार-रसका गजल पनि मलाई तीनको कोमलता र मार्मिकता (poignancy) हेरी प्रिय नै लाग्छन् ।
कुरो आएर कोमलता र poignancy मा अडियो । आफ्नो प्रियतमको बारेमा गजल लेख्दा उनलाई एक सुन्दर (graceful), सुरुचीसम्पन्न (good taste भएकी), स्वाभिमानी, आत्मविश्वासी, आत्मचाहना स्पष्ट भएकी (भन्छन् नि she knows what she wants, त्यस्तो के) र केही रहस्यमयी समेतको रुपमा कल्पना गर्नुपर्छ भने आफुलाई चाही एक सामान्य मान्छे तर असामान्य प्रशंसक/जिज्ञासु/शुभेच्छुक/दिवाना को रुपमा कल्पना गरेर लेख्नुपर्छ, अनि आउँछ त्यसमा कोमलता र मार्मिकता ।
आफुलाई एक desirable पात्र वा उनीलाई गोबर (fool), बेईमान वा सस्ती पात्रको रुपमा कल्पना गरेर लेखेको गजल जतिसुकै मनोरन्जनात्मक भए पनि मलाई अप्रिय लाग्छन् ।
नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ
यस मिसरामा शायरले आफुलाई एक desirable पात्रको रुपमा र उनीलाई चाही एक सहज उपलब्ध स्त्रीको रुपमा हेरेको छ । ल एकछिन मानिलिउँ, शायर कुरुप र खत्तम चरित्रको छ रे, यस्तोमा उनले उसलाई किन ओंठ चुम्न दिने ? के उनी नगरवधु हुन् ? त्यसैले यो ओंठ चुम्बनको आग्रहमा कोमलता होईन कठोरता छ, अझ अपमान छ भने पनि हुन्छ । यो मैले उदाहरणको लागि मात्र भनेको हो है, तपाईको गजललाई नै तौलेको होईन ।
तपाईको गजलको पछिल्ला तीन शेरहरुमा र खास गरेर पछिल्ला दुई शेरहरुमा कोमलता छ । यो पनि उदाहरणको लागि मात्र भनेको है ।
जे भएपनि आफ्नो प्रियतम र आफुलाई कस्तो रुपमा कल्पना गर्ने भनेर मैले माथि जे भनें त्यो ठ्याक्कै अनुसरण नगरे पनि यसो उपयोगी बहसको रुपमा भने याद राख्नुहोला ।
अब एउटा कुरा नी । यदि कुनै वास्तविक बेईमान पात्रको बारेमा लेख्नुपर्यो भने के गर्ने ?
मेरो विचार सोध्नुहुन्छ भने म त बेईमान पात्र नै हुँदैनन् भन्छु, कमसेकम काव्यिक संसारमा । कोही मान्छे पनि आफुलाई प्रेम गर्ने मान्छेसंग बिना ठूलै कारण बेईमानी गर्दैन । हामीले जेलाई बेईमानी भन्छम त्यो त हामीले कारण नबुझेर वा बुझ पचाएर वा बुझ्न नचाहेर मात्र त्यस्तो लागेको हो क्या ।
यस खेपमा यत्ति ।
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 06-05-08 12:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ कस्ले बन्यो छाती भरी माकुराको जालो इज्जत ढाक्न कस्ले दियो फेरी मक्काको टालो
शेरको जुङगा ओखलिए,छाला ओढी बाघ बन्ने धेरै जनावरको होहल्लामा अब कस्को पालो
स्नेह सदभाबको बुटी पाखा भरी थियो बाँदर जात उक्काइ पाप्रो पारे घाऊ आलो
बादलको घेरा हटेको किम्बदन्ती ताजै छ घामको झुल्कै नपरी किन जताततै कालो दाबिलो लाग्या पेटमा माड लगाउनु थियो आज सुम्सुमाउनेले नै ठोके सुन्निएको गालो
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 06-06-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Waka-jee,
फरक विषय छान्नुभयो, राम्रो कुरा हो यो । विषयगत विविधताको लागि पनि राम्रो भयो, समसामयिक मुद्धाहरुमा कवितागत टिप्पणीद्वारा हाम्रो समयचेत र दृष्टिकोणलाई तिखार्न पनि भयो ।
दृष्टिकोण भन्ने कुरा अक्सर विविधतापूर्ण र नीजी हुन्छ । दुईजनाको दृष्टि एउटै हुनुपर्छ भन्ने केही छैन । मूल कुरा कविले आफ्नो अन्तरात्माले देखेको कुरा लेख्नुपर्छ । त्यति भए पुग्छ ।
सामाजिक-राजनैतिक विषयमाथी लेख्दा एउटा विचार पुर्याउनुपर्ने तर अक्सर नपुग्ने कुरा हो – नारावादी हुने वा सौन्दर्य कम हुने डर । कहिलेकाही केही सम्झौता गर्न सकिन्छ, स्वीकार्य हुनुपर्छ । तर गजलमा सदैव कवितात्मक सौन्दर्यलाई बढावा दिनुपर्छ । नत्र गजल नै किन भन्ने प्रश्न उभिन्छ ।
तपाईको गजल साधना निरन्तर रहोस् । मैले शिरीषको धागोमा भनेको कुरा याद राख्नुहोला । गजलमा निपुण भएपछि अरु खाले कविता भनेको बायाँ हातको खेल हुन जान्छ ।
Nepe
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 06-15-08 2:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धेरै साधु भए यहाँ बुद्दका आखा फुटाउनेहरु बाटो छेकी हास्छन आमाको काख लुटाउनेहरु
दु:खका दिन सुखमा साटछु भन्दै कती आए यहाँ मखमलको डस्ना देखाइ भुसमा सुताउनेहरु
बन्दुकले भबिष्य लेख्छ रे भनी कलम लुकाउदै नारी हक भन्छन सिउंदोको रंग छुटाउनेहरु
पसिना माग्ने हातहरु रोइरहेछन श्रम रोप्न पलायन भए गिदी भका,बाकी घर फुटाउनेहरु राम राम भन्ने हराम भए रे,सुनिदैछ अचेल जालझेलमा अलमल्लिए भरोसा जुटाउनेहरु
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 06-24-08 12:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझको बेला हाबा मन्द मन्द थियो उन्को केश खेल्दै हाबा बुलन्द थियो मादक हेराइ पोखियो सुस्त सुस्त आहा!त्यो क्षण कती आनन्द थियो
मधुर मुस्कान सजियो ओठभरी लागथ्यो हासोमा पनि छन्द थियो प्रकृतिको अनुपम स्रीजना कस्तो उड्यो मन फर्कन बाटो बन्द थियो
नजिक के बढेथे उनी बाटो लगिन हाबामा अझै नि उन्को सुगन्ध थियो
|
|
|
waka
Please log in to subscribe to waka's postings.
Posted on 07-20-08 2:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वाभिमानलाई बन्धकी राखी हास्न लाज भो आत्मासम्मान यो उधारोमा टास्न लाज भो
बेसुरा लौ कती धेरै बिना गुदीका टाउका हल्लाको यो खेती भित्र विश्वाश गास्न लाज भो
आफ्नै महाभारत आफ्नै योद्धा को जित्यो हार्यो को जालझेलको यो बिजय डांक बास्न लाज भो
प्रदुषित नैतीकता भित्र के जन्मिएला सोच बिकृतिको सगर जो नसकी भास्न लाज भो
खुकुरिको डोब अझै ताजै होला गोर्खालिको पुर्खाले आर्जेको पहिचान यो मास्न लाज भो
|
|