मैले कुनै बेर भने थे
आँफै लाई घण्टा सँग दाजे थे
आज म हेरी तेइ गर्छु
आज म दुनियाँ लाई घण्टा भन्छु ।
म घण्टा हरु सँग बस्छु
को आउछ को जान्छ थाह हुँदैन ,
को घर मा छ, को कती खेर मुन्टिन्छ पत्तै हुन्न
भात कैले पाक्छ काइले हुन्न केइ पत्तो हुन्न ,
म घण्टा हरु सँग राती को घण्टा काट्छु ।
साथी पनि घण्टा जस्तो छ ,
काम परेपछी मात्र सम्झन्छ
खाने बेला दुनियाँ लाई खोज्दै हिद्द्छ,
दु:ख पर्दा बास नै मै सँग बस्छ ,
के गर्नु मोरो साथी हो ,
म घण्टा हरु सँग संगत गर्छु ।
म घण्टा हरु सँग काम गर्छु,
साहु को आँखा मा छारो हालेर ,
फस्ल्याङ , फुस्लुङ पारेर झारा तार्ने घण्टा हरु ,
घण्टा पकाएर बस्ने अल्छि घण्टाहरु सँग म १२ घण्टा काट्छु ,
म घण्टा हरु सँग घण्टा पकाएर घरको चुलो बसाउछु ।
मेरो भाग्य मा नै घण्टा छ जस्तो छ,
अमेरिका आएर नि घण्टाइ भयो
न पढाई भयो न पैसो भयो ,
न त त्यो मुलो हरियो पत्ता नै भयो ,
बरु तेस्को चक्कर मा जिन्दकी चै घण्टा भयो
उ बेलाको उखान जस्ताइ भयो ,
सँगइ का साथी हबल्दार जम्दार म चै घण्टा हल्लाउने !
मलाई लाग्छ संसार घण्टाइ घण्टा ले भरिएको छ ,
बाटो मा जहाँ जान्छु घण्टाइ भेट हुन्छ ,
रातो बत्ती मा तिर्र घण्टा बजाउछ ,
म पनि माजी आउलो ले घण्टाइ देखाइ दिन्छु ,
पार्क मा जान्छु , एउटा घण्टा सँगइ आएर चुरोट तान्दिन्छ ,
बाटो मा हिद्छु , अर्को घण्टा आएर उभी दिन्छ,
काम मा जान हतार हुन्छ,
एउटा घण्टा आएर हिजो जाड खाएर ओकालेको कुरो भन्न थाल्छ
घण्टाइ घण्टा ले भरिएको छ यो घण्टा संसार ।
मेरो लागि घण्टा भगवान नै हो ,
मन्दिरमा बजाए मरेपछी स्वोर्ग जान्छ रे
काम मा बजाए पैसो आउछ, जिउदै स्वोर्ग गयिन्छ ,
घण्टा महान बस्तु हो,
एत्र तत्र सर्बत्र छरिएको तिमी मुल्यवान बस्तु हो,
म तुस्छ घण्टा तिम्रो बयान गरु कसरी ,
म पनि त एउटा घण्टा नै त हुँ
आफ्नै महिमा म गाउ कसरी ?
Note :राहुल दाइ को बिशेस आग्रह मा यो पालि अलि कति टंकन शुद्धता मा ध्यान दिएको छु , गल्ति भए माफी पाउ .