जिन्दगीको दौड़
सके पानी दौड़नु पर्ने ,न सके पनी दौड़नु पर्ने |
यो निश्चित अबधिको दौड़ हो,
न कुनै मंजिल
न कुनै उपलब्धि,
न जित ,न हार
पर गाउमा माइली कराउछे|
बिर्खे बाख्रा सार! ,बाख्रा सार्न ढिलो भो |
नासा माँ गीदी हरु फुटछन ,
रॉकेट लाइ अक्ष माँ उतार्न ढिलो भो |
काइला बा बोल्छन ! छोरीको बिहे गर्न ढिलो भो |
माओबादी आतुर छन ,सरकार माँ जान ढिलो भो ,
यता तीर चीत्कार छ,
उता तीर हुंकार .
समय आफै बोल्दैन ,ढिलो की चाडो .
यहाँ
माइली,बैज्ञानिक,काइला बा,माओबादी सबै माँ समान रोग छ |
सबै बर्बराई रहेछन ,
ढिलो भो,ढिलो भो !!!