अनुपस्थितिको कारण !!
टिक-टिकेको गीत सुन्न नर्काटहरु
लाम्बद्द वारमा बेरिएको बखत
सिस्नो घारीबाट अत्तरको वासना , बारीका
डल्लाहरू हुँदै
सल्लाका रुखबाट चुहिंन्थे !
केरौ बारी ..मोहोर पैसा ..गुचाका
ह्वाक्रयांङहरु कोर्दा...
मिनपचासको जाडो
फुटेको गाला ...
गलेको आँखा ...
अगेनाको खरानीसंगै
डुकुको झोलमा ....
गुन्द्रीको ओछ्यान....
घामको सिरानी हालेर सुत्थे !
सिमलको भुवा भन्थे...
धानको बाला
र माटोको छाला ....
समुन्द्रको नुनिलो पानीमा
घुल्दै जाँदा ..
कुन्युको रापले पोलेको
मकैको ढोंडले घोचेको
गुइंठाको माधकता...
बिच्किएको पनि देखियो ...
र सायद त्यसैले ...
तिलको छोप,
दुधको कुराउने...
भुसको धुँवाले बोकेर
ल्याउँदा ....
कहिले काहीं म
मुकुट लगाई मसाल बोकेकी आइमाई
सँग कारण सोध्छु ...
मेरो "म"को अनुपस्थितिको कारण ...
आफ्नो माटोबाट ...!!